एकीकृत समाजवादी वैकल्पिक कम्युनिष्ट शक्तिका रुपमा स्थापित : मन्त्री चौधरी | Khabarhub Khabarhub

एकीकृत समाजवादी वैकल्पिक कम्युनिष्ट शक्तिका रुपमा स्थापित : मन्त्री चौधरी


१३ भाद्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ- एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य एवं सहरी विकास मन्त्री मेटमणि चौधरीले एकीकृत समाजवादी पार्टीलाई जनताले वैकल्पिक कम्युनिष्ट शक्तिका रुपमा लिएकाले जनतामा स्थापित भएको बताएका छन् ।

एकीकृत समाजवादी दाङले सोमबार घोराहीमा आयोजना गरेको पाँचौँ पूर्ण बैठकमा बोल्दै मन्त्री चौधरीले भने, ‘स्थानीय निर्वाचनबाट जनताले हाम्रो पार्टीलाई वैकल्पिक कम्युनिष्ट पार्टीका रुपमा स्वीकार गरिसकेका छन् । त्यसकारण हामी अरूभन्दा भिन्न, वैज्ञानिक चेतनाका आधारमा फराकिलो हृदयका साथ उभिन जरुरी छ । जनताको आशाको केन्द्र बन्न जरुरी छ ।’

स्थानीय चुनावबाट एमाले रेड जोनमा पुगेको र अब ऊसँग राप्रपा र सिके राउतको पार्टी बाहेक कोही पनि दल मिल्न नचाहने अवस्था सिर्जना भएको उनले बताए ।

‘ओली नेतृत्वको एमालेले संवैधानिक सर्वोच्चता र संसदीय प्रणाली माथि नै निरन्तर धावा बोलेकाले ऊ क्रमशः कमजोर बन्दै गइरहेको छ । स्थानीय निर्वाचनमा एकैचोटी ३३ प्रतिशतले ओरालो लागेको एमाले अबको संसदीय निर्वाचनबाट संकटग्रस्त स्थितिमा पुग्नेछ,’ मन्त्री चौधरीले भने ।

दुनियाँमा विद्रोह गर्नेहरू नै मूल धारको शक्ति भएको बताउँदै मन्त्री चौधरीले विद्रोह गर्नु भनेको कमजोर हुनु वा एक्लो हुनु नभएर दिनदिनै फैलँदै जानु अथवा शक्तिशाली बन्नु रहेको जनाए ।

थोरै मान्छेहरूले मात्र विद्रोह गर्ने र विद्रोह गर्नेहरूले इतिहास रच्ने बताउँदै उनले अगाडि भने, ‘हरेक युगमा विद्रोह भएको छ । दास युगमा विद्रोह भयो । सामन्ती युगमा पनि केहीले विद्रोह गरे । त्यसैले आज पुँजीवादी युग प्रारम्भ भएको छ । यो युगमा पनि फेरि विद्रोह अवश्य हुनेछ । यसरी विद्रोहबाट नै समाज परिवर्तन हुँदै अगाडि बढ्छ ।’

प्रकाशित मिति : १३ भाद्र २०७९, सोमबार  १२ : ०५ बजे

बजेटबारे भएका गलत प्रचारप्रसारप्रति आर्थिक मामिला तथा योजना मन्त्रालयको ध्यानाकर्षण

काठमाडौं– बागमती प्रदेश सरकारको आर्थिक वर्ष २०८२/८३ वार्षिक कार्यक्रम तथा

द्वन्द्वपीडित परिवारले भने- द्वन्द्वका सबै विषय फरफारक हुने गरी काम गर्नुस्

काठमाडौं– सत्य निरूपण तथा मेलमिलाप आयोगले सशस्त्र द्वन्द्वपीडितलाई न्याय दिलाउनका

पाकिस्तानमा मनसुनी वर्षाका कारण सात जनाको मृत्यु, २७ घाइते

इस्लामाबाद– पाकिस्तानको पूर्वी पञ्जाब प्रान्तमा भारी मनसुनी वर्षाका कारण विगत

बमवर्षा, जीवित खोमेनेइ र मौनता !

एजेन्सी -इरानका सर्वोच्च नेता आयतुल्लाह अली खोमेनेइले बिहीबार (जुन २६)

सुनुवाइ समितिले थाल्यो प्रस्तावित तीन न्यायाधीशविद्धका उजुरीमाथि छलफल

काठमाडौं– संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका प्रस्तावित तीन न्यायाधीशविरुद्ध परेका