निर्वाचन आयोगद्वारा मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन « Khabarhub

 निर्वाचन आयोगद्वारा मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन


१३ भदौ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनलाई लक्षित गरी मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन गरेको छ । आयोगमा संकलित मतदाता विवरणलाई यही भदौ १२ गते वडास्तरमा प्रकाशन गराइएको छ । त्यसपछि तोकिएको प्रमुख नाम दर्ता अधिकारीले दाबी विरोधका कार्यक्रम सञ्चालन गर्नेछन् ।

सो अवधिमा मतदाता नामावलीमा त्रुटि भए सच्याउने, झुटा विवरण दिई नाम लेखाइएको भए प्रक्रियागतरुपमा निवेदन दिई हटाउन लगाउने, एकै व्यक्तिको एक वा सोभन्दा बढी स्थानबाट नामावली संकलन भएको भए हटाइनेछ । झुटा विवरणबारे प्राप्त उजुरीमाथि सम्बन्धित मतदातालाई सफाइको मौका पनि दिइनेछ । नामावलीमा अद्यावधिक कार्य सम्पन्न गरी यही भदौ २४ गते आयोगमा विवरण पठाउन भनिएको छ ।

आयोगले ‘मतदाता नामावली अद्यावधिक (दाबी विरोधसमेत) कार्यक्रम २०७९’ गत साउन २२ गते आयोगबाट स्वीकृत गरी प्रमुख नाम दर्ता अधिकारी तोकेको थियो । यही भदौ ३१ गते आयोगले अन्तिम मतदाता नामावली स्वीकृत गरी वेबसाइटमा प्रकाशन गर्नेछ ।

प्रकाशित मिति : १३ भदौ २०७९, सोमबार  १२ : ४५ बजे

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको