ओली नेकपाका सबैभन्दा मूल्यवान सम्पति, यसैकारण भावी प्रधानमन्त्री : नेता रिजाल | Khabarhub Khabarhub

ओली नेकपाका सबैभन्दा मूल्यवान सम्पति, यसैकारण भावी प्रधानमन्त्री : नेता रिजाल


१३ भाद्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभागका उपप्रमुख विष्णु रिजालले देशको आशा भरोसा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमा मात्रै रहेको दाबी गर्दै भावी प्रधानमन्त्रीका रुपमा एमालेले उनलाई उभ्याएको बताएका छन् । एमाले केन्द्रीय कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा उनले एमाले अध्यक्ष ओलीलाई भावी प्रधानमन्त्रीमा उभ्याउनुको कारण बताएका हुन् ।

उनले ओली एमालेको सबैभन्दा मूल्यवान् सम्पत्ति भएकाले पनि उनलाई जनतामाझ खडा गरेको बताए । कार्यक्रममा उनले ७५ वर्षको इतिहासमा ओलीको नेतृत्वको सरकारमा जत्ति कसैले पनि नगरेको बताए । यसकारण उनलाई विकास र निर्माणको संवाहक मान्दै अघि सारेको बताए ।

उनले राष्ट्रियता र राष्ट्रवादमा उनी जत्तिको अरू कोही नउभिएको पनि बताए । वर्षैअघिदेखिको सीमा विवाद होस या दुई छिमेकी देशको सम्बन्ध सन्तुलनमा होस सबैमा उनी सफल रहेको बताए । यसकारण फेरि पनि उनको नेतृत्व राष्ट्रका लागि आवश्यक रहेको रिजालले बताए ।

कार्यक्रममा रिजालले कम्युनिष्ट आन्दोलनका निर्माता पनि ओली भएको दाबी गरे । अहिले कम्युनिष्ट आन्दोलनको कुरा गर्दा २०२८ साल अभि र पछि भनेर व्याख्या गर्नु पर्ने बेला आएको बर्ता । झापा आन्दोलनको नेतृत्व ओलीले नै गरेको उनको भनाइ छ । यो आन्दोलन उनैले गरेका थिए ।

प्रकाशित मिति : १३ भाद्र २०७९, सोमबार  ३ : ०४ बजे

उपभोक्ताको रुचिमा कर्णालीको स्याउ

राँझा– हेर्दा आकर्षक र खाँदा स्वादिलो कर्णालीको स्याउ आम उपभोक्ताको

जेन-जी आन्दोलन : आगजनी र लुटपाटमा संलग्न १३ जनाविरुद्ध किटानी जाहेरी

सुनसरी– जेन-जी आन्दोलनको नाममा गत भदौ २४ गते अराजक समुहले

पर्वतको जलजलामा ‘होम डेलिभरी’ शून्य

पर्वत– जलजला गाउँपालिकामा घरमा प्रसूति (सुत्केरी) हुनेको सङ्ख्या शून्य भएको

मन्त्री घिसिङद्वारा जलेका सवारिसाधन व्यवस्थापन गर्न निर्देशन

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक योजना तथा यातायात र

सुनको मूल्य घट्यो, कतिमा भइरहेछ कारोबार ?

काठमाडौं– नेपाली बजारमा बुधबार सुनको मूल्य एक हजार रुपैयाँले घटेको