यातायातलाई सहज र व्यवस्थित बनाउन आग्रह « Khabarhub

 यातायातलाई सहज र व्यवस्थित बनाउन आग्रह


१४ भाद्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले चाडपर्वको समयमा यातायात क्षेत्रलाई सहज र व्यवस्थित गर्न सरकारलाई आग्रह गरेको छ ।  सहमहामन्त्री यादवले आज गृहमन्त्री बालकृष्ण खाणलाई भेटेर ठूला चाडपर्व नजिकिएको बेलामा सार्वजनिक यातायातमा सुरक्षित यात्रा र सहज यातायातको व्यवस्था गर्न ध्यानाकर्षण गराएका हुन् ।

कांग्रेसको निवर्तमान यातायात समन्वय विभागका प्रमुखसमेत रहेका यादवले ट्रक व्यवसायी महासङ्घको विधानबारे पनि छलफल गरेका थिए । उनले यातायात क्षेत्रमा देखिएका वर्तमान विषयवस्तुलाई विधानमा समेटेर अगाडि बढ्ने बारेमा छलफल गरेको गृहमन्त्री खाणका प्रेस संयोजक मधुसुदन भट्टराईले जानकारी दिए ।

भेटमा गृहमन्त्री खाणले चाडपर्वको समयमा सहज यातायातको व्यवस्थापनबारे सरकार सजग रहेको बताएका थिए । उनले मुख्य चाडपर्व नजिकिएको बेलामा यातायात व्यवस्थित र सहज बनाउन अहिलेबाट नै पहल गरिरहेको स्पष्ट पारे । भेटमा गृहसचिव टेकनारायण पाण्डेको समेत उपस्थिति थियो । 

प्रकाशित मिति : १४ भाद्र २०७९, मंगलबार  ५ : २४ बजे

यी भूभागमा मध्यमदेखि भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

अरनिको र बिपीसहितका राजमार्ग अवरुद्ध : कुन सडकको अवस्था के छ ?

काठमाडौँ – अविरल वर्षा, बाढी तथा पहिरोका कारण देशका विभिन्न

प्रतिनिधिसभा बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक सोमबार अपराह्न १ बजे

ह्यारी केन बने जर्मनीको ‘प्लेयर अफ द इयर’ जित्ने पहिलो अंग्रेजी खेलाडी

म्युनिख – बार्यन म्युनिखका स्टार स्ट्राइकर ह्यारी केन जर्मनीको ‘प्लेयर

आर्थिक संकट र अमेरिकी घेराबन्दीबीच इरानमा इन्धनको मूल्य बढाउने तयारी

तेहरान – अमेरिकी प्रतिबन्ध र निरन्तरको युद्धका कारण थलिएको अर्थतन्त्रलाई