मेरो मनले भेट्टाएको शैलुङ स्वर्ग [फोटोफिचर] « Khabarhub

घुमघाम

मेरो मनले भेट्टाएको शैलुङ स्वर्ग [फोटोफिचर]

‘शैलुङको प्राकृतिक भ्युटावरमा उभिदा बादलमाथि पुगेको महसुस हुन्छ’



काठमाडौँ – शैलुङ । एउटा स्वर्ग देखिने शान्त ठाउँ । मैले मनमनै अनुमान गरेकी थिएँ । बेला-बेला शैलुङका फोटो हेर्दा त्यस्तै महसुस हुन्थ्यो । मनको यही खसखस मेट्न हामी काठमाडौँबाट काभ्रे, सिन्धुपाल्चोक र सिन्धुलीको भदौरे वर्षा र गर्मी छिचोल्दै हामी दोलखा पुग्यौँ ।

टिम जम्बो थियो । तामाङ भाषामा ‘शै’को अर्थ सय र ‘लुङ’ को अर्थ थुम्का भन्ने हुने रहेछ । यसरी नामाकरण गरिएको शैलुङ पुग्दा हामीलाई साँच्चै ठूलो ठाउँमा पुगेको महसुस भयो । ठूलो यसकारण कि अग्लो तर शान्त । चिसो तर रोमाञ्चक । मनमा एक छुट्टै आनन्दको डायरी भर्न हामी शैलुङ पुगेका थियौँ ।

दुई हजारदेखि तीन हजार मिटरसम्मको उचाईसम्म रहेको शैलुङ साँच्चै हरियाली थुम्काले भरिएको ठाउँ हो । जुन वर्षामासमा असाध्यै हरियाली देखिन्छन् । हिउँदमा सेताम्मे र फागुनतिर खैरो पाटनमा परिवर्तन हुन्छन् ।

शैलुङमा शैलुङ्गेश्वर महादेवको मन्दिर छ । धार्मिक हिसाबले नै शैलुङमा पर्यटकीय आकर्षक बढेको मानिन्छ । जुन १२ वर्षमा एकपटक खुल्ने गदौरी जस्ता धार्मिक रूपले चर्चित गुफा पनि छ ।

ऐतिहासिक तथा धार्मिक महत्व बोकेको पर्यटकीयस्थल शैलुङ मनले आहा मात्रै भनेर नपुग्ने ठाउँ हो । जहाँ पुगेपछि एउटा छुट्टै स्वर्ग भेटेको आनन्द महसुस हुन्छ । शैलुङ नजिकैका बस्तीमा शेर्पा, तामाङ, मगरको बाहुल्यता बढी छ ।

हामी शैलुङमा बिहानको ८ बजे हिँडेका थियौँ । भदौमा बिहानको पारिलो घाम देखिएन । तर बादलका टुक्राले मनै हरायो । कहीँ कालो । कतै सेतो बादलका टुक्राभन्दा धेरै वर्षायामको पानी पार्ने बादलको घनचक्कर शैलुङमा छपक्कै थियो । शैलुङको माथि थुम्का पुग्दा बाटोमा थरीथरीका फुलहरु ।

बिस्तारै आकाश खुल्दै जाँदा बेहुलीले घुम्टो उघारेको सुन्दर दृश्य देखियो । त्यो भन्दा पनि बादलमाथिको पहाड झन् सुन्दर देखियो । हामीलाई झन् राम्रो दृश्य देख्नै हुन्न । खिचिक्क खिचिक्क फोटो खिचिहाल्नुपर्ने । त्यस्तोमा झन् सेल्फीको त के कुरा भयो र ?

हामीले थरीथरीका फूल टिप्दै शिरमा लगाउन पनि थालेका थियौँ । माथिल्लो उचाइमा पुग्दा हावाका झोँक्काहरुसंग मितेरी लगाउँदै हाम्रो फोक्सोले जीवनकै एउटा स्वर्ग महसुस गरेको अक्सिजन लियो ।

शैलुङको भ्यूटावर उभिएर चारैतिर नियाल्यौँ । त्यसरी उभिँदा आफू बादलमाथि पुगेको महसुस भयो । त्यसरी उभिँदा शैलुङलाई भित्र मुटुमा स्पर्श गरेको महसुस भयो । शैलुङकै नाम मुटुको भित्र कुनामा लेखे । मिल्ने भए देव्रे छातीमा शैलुङको नाममा टयाटु खोप्न मन थियो ।

शैलुङमा चौंरीको दूधबाट छुर्पी, चिज बनाइन्छ । बहुमुल्य जंगली जडिबुटी पाँचऔंले, चिराइतो, मजिटो, च्यातु पनि पाइन्छ । शैलुङ डाँडा आफैँमा प्राकृतिक भ्यूटावर हो हो । जहाँबाट उत्तरी क्षेत्रमा रहेको गौरीशंकर, पाथिभरा हिमश्रृंखला, सगरमाथा हिमश्रृंखला आँखै अगाडि देख्न सकिन्छ ।

यति हेरेपछि लाग्यो शैलुङ सुन्दर मात्रै होइन, म लगायत धेरैको गन्तव्यमा एउटा स्वर्ग हो ।

प्रकाशित मिति : १८ भाद्र २०७९, शनिबार  ७ : ०५ बजे

विश्वकपमा जर्मनीको गोल वर्षा, कुरासाओ ७–१ ले पराजित

ह्युस्टन – चार पटकको विश्व च्याम्पियन जर्मनीले फिफा विश्वकप २०२६

टेम्पो भिरमा खसालिएको घटनामा १२ जना वन कर्मचारी प्रहरी नियन्त्रणमा

धनगढी – कैलालीको गोदावरी नगरपालिका–४ गाईबाँधेमा वन अतिक्रमण हटाउने क्रममा

देशलाई सुधार गर्ने अनुकूल अवस्था आएको छ, यो अवसर चुकाउनु हुँदैन : गगन थापा

ललितपुर – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देशलाई सुधार गर्ने

डोरी नबाँधी बन्जी जम्प गराउँदा २१ वर्षीय युवतीको मृत्यु

काठमाडाैं – ब्राजिलको साओ पाउलो राज्यमा बन्जी जम्पिङका क्रममा भएको

अनुमतिबिनै नेपाली आकाशमा उड्यो भारतीय सैनिक हेलिकोप्टर

धनगढी – भारतको इन्डो–टिबेटियन बोर्डर पुलिस (आईटीबीपी)का महानिर्देशक सत्रुजित कपुर