जिप दुर्घटनाको तीन दिनपछि भेटियो चालकको शव | Khabarhub Khabarhub

जिप दुर्घटनाको तीन दिनपछि भेटियो चालकको शव


१४ भाद्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रोल्पा – रोल्पाको माडी खोलामा शुक्रबार राति भएको जिप दुर्घटनामा परी बेपत्ता भएका नुवाकोट ककनीका चालक ३१ वर्षीय बुद्धिबहादुर तामाङ मृत अवस्थामा भेटिएका छन् ।

बा ७ च ५००२ नम्बरको जिप शुक्रबार राति सहिद मार्गअन्तर्गत माडी गाउँपालिका–४ सिस्ने बजार नजिकै सडकबाट माडी खोलामा खस्दा चालक ककनी गाउँपालिका–४ जगरेका तामाङ बेपत्ता भएका थिए ।

घटनाको तीन दिनपछि मंगलबार खोजी कार्यमा संलग्न प्रहरी टोलीले तामाङको शव घटनास्थलदेखि करिब दुई किलोमिटर तल खोला किनारमा फेला पारेको रोल्पाका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले जानकारी दिए ।

तामाङ काम गर्ने निर्माण कम्पनीका प्रोप्राइटर सिद्धार्थ तामाङले शव बुद्धिबहादुरकै भएको पहिचान गरेको सापकोटाले उल्लेख गरे । प्रजिअ सापकोटाले शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल लिवाङ ल्याउने तयारी भइरहेको बताए ।

प्रकाशित मिति : १४ भाद्र २०७९, मंगलबार  १० : २३ बजे

आज कर्णाली प्रदेश स्थापना दिवस, प्रदेशभर सार्वजनिक बिदा

कर्णाली– कर्णाली प्रदेश सरकारले बुधबार प्रदेशभर सार्वजनिक बिदा दिएको छ

कोशी र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

अन्तर्राष्ट्रिय सम्बन्धसहित पाँचवटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत विभिन्न पाँचवटा संसदीय समितिका बैठक बस्दै

टप टी-२० सिरिज : आज मेलबर्नसँग भिड्दै नेपाल

काठमाडौं – अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप इन्ड टी-२० सिरिजमा

प्रतिनिधिसभा बैठक बस्दै, प्रधानमन्त्री ओलीले सांसदहरूका प्रश्नको जवाफ दिने

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज (बुधबार) बस्दैछ ।