विश्व इतिहासमा आज : मलाया महासंघको स्वतन्त्रतादेखि ‘द स्क्रिम’ नामक चित्र बरामदसम्म   | Khabarhub Khabarhub

विश्व इतिहासमा आज : मलाया महासंघको स्वतन्त्रतादेखि ‘द स्क्रिम’ नामक चित्र बरामदसम्म  


१५ भाद्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आज २०७९ साल भदौ १५ गते बुधबार । सन् २०२२ को अगस्ट ३१ तारिख । आजको दिन इतिहासमा भएका केही महत्त्वपूर्ण घटनाक्रम यस्ता छन् :

सन् २००६ अगस्ट ३१ मा नर्वेजियाली पुलिसले चित्रकार एडवर्ड मुन्चले बनाएको चोरी भएको प्रख्यात चित्र ‘द स्क्रिम’ बरामद गरेको थियो । सन् २००४ अगस्ट २२ मा सो चित्र चोरी भएको थियो ।

सन् १९९८ अगस्ट ३१ मा उत्तर कोरियाले आफ्नो पहिलो उपग्रह प्रक्षेपण गरेको घोषणा गरेको थियो । ‘कवाङम्योङसङ्ग–१’ नामक सो उपग्रह सफलतापूर्वक पृथ्वीको तल्लो कक्षमा प्रक्षेपण गरिएको थियो ।

सन् १९९७ अगस्ट ३१ मा वेल्सकी राजकुमारी डायनाको एक कार दुर्घटनामा मृत्यु भएको थियो । टेलिभिजनमा प्रसारण भएको घटनाहरूमध्ये उनको अन्त्येष्टि शताब्दीको नै सबैभन्दा बढी हेरिएको भिडियो सामग्री थियो।

सन् १९९४ अगस्ट ३१ मा सोभियत यूनियनबाट स्वतन्त्रता घोषणा गरेको ३ वर्षपश्चात् अन्तिम रुसी सेनाले इस्टोनिया छोडेको थियो । सन् १९४४ मा यूएसएसआरले इस्टोनिया अतिक्रमण गरेको थियो ।

सन् १९९१ अगस्ट ३१ मा उज्बेकिस्तानले सोभियत यूनियनबाट स्वतन्त्र भएको घोषणा गरेको थियो । १९ औँ शताब्दीमा रुसी साम्राज्यले उज्बेकिस्तान अतिक्रमण गरेको थियो ।

सन् १९९० अगस्ट ३१ मा पूर्वी जर्मनी र पश्चिमी जर्मनीले राजनैतिक र कानुनी व्यवस्थालाई जोड्न एकीकरण सन्धि गरेको थियो ।

सन् १९८६ अगस्ट ३१ मा सामान बोकेको एक रुसी जहाज र क्रुज जहाज ‘अड्माइरल नाखीमोग’ ठोकिएका थिए ।

सन् १९६८ अगस्ट ३१ मा इरानमा ७ दशमलव ३ म्याग्निच्युडको भूकम्प जाँदा ५ गाउँको विनाश हुनुको साथै ६ गाउँलाई गम्भीर रुपमा क्षतिग्रस्त बनाएको थियो ।

सन् १९५७ अगस्ट ३१ मा मलाया महासंघले स्वतन्त्रता प्राप्त गरेको थियो । १८औँ शताब्दीमा बेलायतले मलाया अतिक्रमण गरेको थियो ।

सन् १९०७ अगस्ट ३१ मा ‘द न्यू योर्कर’ पत्रिकामा लामो समयसम्म सम्पादकको जिम्मेवारी सम्हालेका विलियम शनको जन्म भएको थियो ।

प्रकाशित मिति : १५ भाद्र २०७९, बुधबार  ७ : ०७ बजे

ताप्लेजुङको सुकेटार विमानस्थलमा हवाई सेवा ठप्प

ताप्लेजुङ- ताप्लेजुङको एकमात्र हवाई सेवा सञ्चालन हुँदै आएको सुकेटार विमानस्थलमा

गायिकाद्वय समीक्षा र एलिनाको अभियानमा प्रधानमन्त्री ओलीको साथ

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमा हुने गालीगलौज र

सभामुखले दलका प्रमुख सचेतकहरूसँग छलफल गर्ने

काठमाडौं– सभामुख देवराज घिमिरेले मुख्य तीन दलका प्रमुख सचेतकहरूसँग छलफल गर्दै

प्रधानमन्त्रीले प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार बस्ने प्रतिनिधिसभा बैठकमा सम्बोधन

विधायन व्यवस्थापन र शिक्षा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत रहेका विभिन्न दुईवटा समितिको बैठक बस्दैछ