सीमा क्षेत्रमा स्वदेश फर्किनेको भीड | Khabarhub Khabarhub

सीमा क्षेत्रमा स्वदेश फर्किनेको भीड


१५ भाद्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी- सुदूरपश्चिमेलीहरुको मुख्य पर्व गौरा नजिकिएसँगै भारतीय सीमा नाकाबाट स्वदेश फर्किनेको भीड बढेको छ । यस प्रदेशका पहाडी क्षेत्रको मुख्य नाकाका रूपमा रहेको झुला घाटबाट स्वदेश फर्किनेको सङ्ख्यामा वृद्धि भएको हो ।

हाल दैनिक यो नाका भएर सयौँ स्वदेश भित्रिरहेका सीमा प्रहरी चौकी झुला घाटका वरिष्ठ हवल्दार डम्बरसिंह कार्कीले जानकारी दिए। अन्य समयमा खासै चहलपहल नहुने यस नाकामा गौरा नजिकिएसँगै भीड बढेको छ । उनले भने, “अन्य समय खासै चहलपहल नहुने भए पनि गौरा नजिकिएसँगै भिडभाड बढेको छ, सीमा क्षेत्रका नेपाली नागरिक किनमेलका लागि पनि भारतको झुला घाट जाने भएकाले पनि थप चहलपहल बढेको छ ।”

रोजगारीका लागि भारतका विभिन्न सहरमा रहेका नेपाली अहिले  गौरा पर्व मनाउन घर फर्किरहेका हुन् । स्वदेश फर्किनेमा बैतडी, बझाङ, डडेल्धुरा, बाजुरा, अछाम, डोटीलगायत मुगु र हुम्लाका नागरिक रहेका छन् । घर परिवार पाल्नका लागि भारतको विभिन्न सहरमा रोजगारी गर्ने नेपाली अहिले गौरा पर्व मनाउन घर  फर्किरहेका छन् । भारतको पिथौरागढ, बरेली, देहरादुन, नयाँ दिल्ली, राज स्थान, हरिद्वारलगायत विभिन्न सहरमा यहाँका नागरिक कामका लागि जाने गरेका छन् ।

प्रकाशित मिति : १५ भाद्र २०७९, बुधबार  २ : १३ बजे

गाउँपालिकाको लगानीले एसईई नतिजामा सुधार

तनहुँ– तनहुँको आँबुखैरेनी गाउँपालिका– ६ हिलेखर्कस्थित कन्यादेवी माध्यमिक विद्यालय गत

जनताको बहुदलीय जनवादका प्रणेता मदन भण्डारी : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले जननेता मदनकुमार भण्डारी जीवनका लागि

महिलाहरूलाई उद्यमी बनाउन सीप विकास केन्द्र निर्माण

झापा– ग्रामीण क्षेत्रका महिलाहरूलाई सीप सिकाएर उद्यमशीलता बनाउने लक्ष्यका साथ

असार तेस्रो साताभित्रै भुक्तानी माग गर्न अनुरोध

पर्सा– पूर्वाधार विकास कार्यालय वीरगञ्जले चालु आर्थिक वर्ष २०८१–०८२ मा

भोजपुरको दावा बजारमा खानेपानीको पहुँच

भोजपुर– भोजपुर नगरपालिका– ४ दावामा ‘दावा बजार खानेपानी’ आयोजना सञ्चालन