नयाँ पुस्तामा पुस्तकप्रतिको रूचि कम हुँदा अध्ययन अनुसन्धान कमजोर : शिक्षामन्त्री पौडेल « Khabarhub

नयाँ पुस्तामा पुस्तकप्रतिको रूचि कम हुँदा अध्ययन अनुसन्धान कमजोर : शिक्षामन्त्री पौडेल


१५ भाद्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले पुस्तकप्रति नयाँ पुस्तामा रूचि कम हुँदा अध्ययन अनुसन्धानको क्षेत्र कमजोर भएको बताएका छन् ।

पन्ध्रौँ पुस्तकालय दिवसका अवसरमा मूल समारोह समितिले आज आयोजना गरेको कार्यक्रममा उनले नयाँ पुस्तामा पुस्तक एवं पत्रपत्रिका पढ्ने चलन हराउँदै गएको र मोबाइलमा आउने शीर्षक हेरेर धारणा बनाई हिँड्ने चलन सुरु भएको उल्लेख गरे ।

“लेखकले लेखेको कविता, उपन्यास र कथा पढ्ने क्रम पछिल्लो पुस्तामा हराउँदै गयो”, उनले भने, “त्यसले सामाजिक समवेदना र जिम्मेवारीबोध, संस्कार र संस्कृति हराउँदै गयो ।”  उनले आधुनिकीकरणका नाममा संस्कार र संस्कृति भुल्ने, पुस्तकहरु पढ्ने, धारणा बनाउने जस्ता क्रियाकलापहरु कमजोर हुँदै गएको बताए ।

यस वर्ष ‘पढौँ, पढाऔँ, निरन्तर शिक्षाका लागि पुस्तकालय जाऊँ’ भन्ने नाराका साथ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले १५औँ पुस्तकालय दिवस मनाएको छ । समारोहमा पुस्तकालय तथा सूचना विज्ञान क्षेत्रमा पु¥याएको योगदानको कदरस्वरूप व्यक्ति वा संस्थालाई सम्मान, सामाजिक तथा रचनात्मक क्रियाकलाप उपसमितिद्वारा सञ्चालित निबन्ध प्रतियोगिताका विजयी व्यक्तिहरूलाई प्रशंसापत्र वितरण तथा स्मारिका विमोचन गरिएको थियो ।

मूल समारोह समितिले मुलुकका सबै विश्वविद्यालयहरू, प्रदेशका सामाजिक विकास मन्त्रालयहरू, शिक्षा तथा मानव स्रोत विकास केन्द्रमार्फत ७७ वटै शिक्षा विकास तथा समन्वय एकाइहरू, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत सात सय ५३ वटै स्थानीय निकायहरू, गाउँपालिका महासङ्घ नेपाल, नेपाल नगरपालिका सङ्घ, एवं पुस्तकालयको विकास र विस्तारमा संलग्न सबै गैरसरकारी सङ्घसंस्थाहरूमा समेत विविध रचनात्मक कार्यक्रम सञ्चालन गर्न आग्रह गरेको थियो ।

प्रकाशित मिति : १५ भाद्र २०७९, बुधबार  ८ : ४२ बजे

नयाँ चलचित्र जाँचपास कार्यविधिमा चलचित्रकर्मीले देखाए खोट

काठमाडौं – नेपाली फिल्म क्षेत्रमा सेन्सरको विवाद नयाँ होइन ।

मधेस प्रदेश प्रमुखसमक्ष वार्षिक प्रतिवेदन पेस

महेन्द्रनगर– राष्ट्रिय दलित आयोगद्वारा आज मधेस प्रदेशप्रमुख समक्ष पाँचौँ वार्षिक

पार्टीको महाधिवेशन लम्बिन सक्छ : शेखर कोइराला

काठमाडौं– नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टीको महाधिवेशन केही

गुल्मीमा भारतको सहयोगमा विद्यालय भवन निर्माण सुरू

काठमाडौं- गुल्मीमा भारत सरकारको आर्थिक सहयोगअन्तर्गत निर्माण हुने विद्यालय भवनको

अपाङ्गता भएका व्यक्ति नसमेटिएको अध्यादेश सच्याउन माग

काठमाडौं– चार राजनीतिक दलका भ्रातृ सङ्गठनले निर्वाचनसम्बन्धी अध्यादेशमा अपाङ्गता भएका