निर्णय भएको ७ वर्षपछि मन्त्रीले गरिन् मालपोत कार्यालय उद्घाटन | Khabarhub Khabarhub

निर्णय भएको ७ वर्षपछि मन्त्रीले गरिन् मालपोत कार्यालय उद्घाटन


१६ भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बारा – सरकारले निर्णय गरेको ७ वर्षपछि बाराको सिम्रौनगढमा मालपोत कार्यालयको उद्घाटन भएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले एक कार्यक्रमकाबीच कार्यालयको उद्घाटन गरेकी हुन् ।

जिल्लाको पूर्वोत्तर क्षेत्रमा पर्ने सिम्रौनगढमा मालपोत तथा नापी कार्यालय स्थापना गर्न मन्त्रिपरिषद्ले ०७२ सालको असोज १४ गते निर्णय गरेको थियो ।

सिम्रौनगढमा मालपोत र नापी कार्यालय स्थापना गर्ने मन्त्रिपरिषद्को निर्णयविरुद्ध जिल्लाका लेखापढी व्यवसायी राम कलैयाका अन्य व्यवसायीहरूले मालपोत र नापी कार्यालय सदरमुकाम बाहिर लैजान नदिने भन्दै आन्दोलन सुरु भएपछि सिम्रौनगढमा कार्यालय स्थापना गर्ने मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन हुन सकेको थिएन । मन्त्रिपरिषद्को सोही मितिको निर्णयअनुसार जिल्लाको सिमरामा भने २०७२ साल माघमा नै कार्यालय स्थापना गरिएको थियो ।

‘सिम्रौनगढ नगरपालिका र स्थानीय बासिन्दाले मन्त्रिपरिषद्को निर्णय कार्यान्वयनको माग गर्दै आएका थिए । लामो समयदेखि कार्यालय स्थापना गर्न माग गर्दै आएका थियौँ,’ स्थानीय समाजसेवी रामेश्वरप्रसाद यादवले भने, ‘सरकारले बल्ल जनताको आवाज सुनेको छ । उहाँले कार्यालय स्थापना भएपछि जग्गा सम्बन्धी कामले २५ किलो मिटर टाढा धाएर सदरमुकाम कलैया धाउनुपर्ने अवस्थाको अन्त्य भएको छ ।’

कार्यालयको उद्घाटन भएपछि स्थानीय सर्वसाधारण सेवाग्राही खुसी बनेको उनको भनाइ छ ।

कार्यालय उद्घाटन गर्दै मन्त्री श्रेष्ठले जनताको घर दैलोबाट सेवा पुर्‍याउने उद्देश्यले कार्यालय सञ्चालन ल्याइएको बताइन् ।

उनले मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन गर्न यसअघि कसैले पनि चासो नदेखाएको अवस्थामा आफूले सिम्रौनगढमा कार्यालय सञ्चालन गर्न पहल गरेको बताइन् ।

कार्यक्रममा बोल्दै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव रामप्रसाद थपलियाले संघीयताको मर्मअनुरुप सिम्रौनगढमा मालपोत कार्यालयको सेवा सुरु गरिएको बताइन् । उनले सिम्रौनगढमा मालपोत कार्यालयको कार्यालय भवन निर्माण गरेर नमूना एकीकृत सेवा सुरु गर्न मन्त्रालय तयार रहेको पनि बताइन् । तपाईँहरू भवनको लागि जमिन उपलब्ध गराउनुहोस्, सचिव थपलियाले भने, ‘मन्त्रालय सुविधा सम्पन्न कार्यालय भवन निर्माणको लागि आर्थिक सहयोग गर्न तयार छ ।’

कार्यक्रममा भूमि व्यवस्थापन तथा अभिलेख विभागका महानिर्देशक पिताम्बर घिमिरेले सिम्रौनगढ मालपोत कार्यालयमा भूमि व्यवस्थापन सूचना प्रणालीको काम पूरा भएको र केही दिनभित्र सेवा सुरु गरिने जानकारी दिए । उनले जग्गाको श्रेस्तासहित अन्य पूर्वाधार निर्माणको लागि पनि विभागले कार्यालयलाई आवश्यक सहयोग गर्ने बताए ।

कार्यक्रममा संविधान सभा सदस्य गोपाल ठाकुर, सिम्रौनगढ नगरपालिकाका मेयर किशोरी साह कलवारलगायतले आफ्नो धारणा राखेका थिए ।

प्रकाशित मिति : १६ भाद्र २०७९, बिहीबार  ६ : ३१ बजे

राष्ट्र बैंकले बढायो स्मारिका सिक्का र मेडालियनको मूल्य

काठमाडौं– नेपाल राष्ट्र बैंकले स्मारिका सिक्का र मेडालियनको मूल्य वृद्धि

सुन्दरीघाटबाट पुनः पानी वितरण

काठमाडौं–  खानेपानीमन्त्री प्रदीप यादवको निर्देशनपश्चात् काठमाडौँको किर्तिपुरस्थित सुन्दरीघाटबाट आजदेखि खानेपानी

‘हिराको कण’ ले जलवायु परिवर्तनको असर रोक्ने

काठमाडौं– औद्योगीकरणपछि विश्वका हरेक क्षेत्रमा क्रान्तिकारी परिवर्तन देखिएका छन् ।

गृहमन्त्रीलाई तोसिमाको प्रश्न- कारागारमा लामखुट्टे भगाउने धूप खै ?

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद तोसिमा कार्कीले कास्की कारागारमा लामखुट्टे

इजरायली आक्रमणमा तीन पत्रकारको मृत्यु

एजेन्सी – पूर्वी लेबनानमा भएको इजरायली आक्रमणमा तीन जना पत्रकारको