निर्णय भएको ७ वर्षपछि मन्त्रीले गरिन् मालपोत कार्यालय उद्घाटन « Khabarhub

निर्णय भएको ७ वर्षपछि मन्त्रीले गरिन् मालपोत कार्यालय उद्घाटन


१६ भदौ २०७९, बिहिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बारा – सरकारले निर्णय गरेको ७ वर्षपछि बाराको सिम्रौनगढमा मालपोत कार्यालयको उद्घाटन भएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले एक कार्यक्रमकाबीच कार्यालयको उद्घाटन गरेकी हुन् ।

जिल्लाको पूर्वोत्तर क्षेत्रमा पर्ने सिम्रौनगढमा मालपोत तथा नापी कार्यालय स्थापना गर्न मन्त्रिपरिषद्ले ०७२ सालको असोज १४ गते निर्णय गरेको थियो ।

सिम्रौनगढमा मालपोत र नापी कार्यालय स्थापना गर्ने मन्त्रिपरिषद्को निर्णयविरुद्ध जिल्लाका लेखापढी व्यवसायी राम कलैयाका अन्य व्यवसायीहरूले मालपोत र नापी कार्यालय सदरमुकाम बाहिर लैजान नदिने भन्दै आन्दोलन सुरु भएपछि सिम्रौनगढमा कार्यालय स्थापना गर्ने मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन हुन सकेको थिएन । मन्त्रिपरिषद्को सोही मितिको निर्णयअनुसार जिल्लाको सिमरामा भने २०७२ साल माघमा नै कार्यालय स्थापना गरिएको थियो ।

‘सिम्रौनगढ नगरपालिका र स्थानीय बासिन्दाले मन्त्रिपरिषद्को निर्णय कार्यान्वयनको माग गर्दै आएका थिए । लामो समयदेखि कार्यालय स्थापना गर्न माग गर्दै आएका थियौँ,’ स्थानीय समाजसेवी रामेश्वरप्रसाद यादवले भने, ‘सरकारले बल्ल जनताको आवाज सुनेको छ । उहाँले कार्यालय स्थापना भएपछि जग्गा सम्बन्धी कामले २५ किलो मिटर टाढा धाएर सदरमुकाम कलैया धाउनुपर्ने अवस्थाको अन्त्य भएको छ ।’

कार्यालयको उद्घाटन भएपछि स्थानीय सर्वसाधारण सेवाग्राही खुसी बनेको उनको भनाइ छ ।

कार्यालय उद्घाटन गर्दै मन्त्री श्रेष्ठले जनताको घर दैलोबाट सेवा पुर्‍याउने उद्देश्यले कार्यालय सञ्चालन ल्याइएको बताइन् ।

उनले मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन गर्न यसअघि कसैले पनि चासो नदेखाएको अवस्थामा आफूले सिम्रौनगढमा कार्यालय सञ्चालन गर्न पहल गरेको बताइन् ।

कार्यक्रममा बोल्दै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव रामप्रसाद थपलियाले संघीयताको मर्मअनुरुप सिम्रौनगढमा मालपोत कार्यालयको सेवा सुरु गरिएको बताइन् । उनले सिम्रौनगढमा मालपोत कार्यालयको कार्यालय भवन निर्माण गरेर नमूना एकीकृत सेवा सुरु गर्न मन्त्रालय तयार रहेको पनि बताइन् । तपाईँहरू भवनको लागि जमिन उपलब्ध गराउनुहोस्, सचिव थपलियाले भने, ‘मन्त्रालय सुविधा सम्पन्न कार्यालय भवन निर्माणको लागि आर्थिक सहयोग गर्न तयार छ ।’

कार्यक्रममा भूमि व्यवस्थापन तथा अभिलेख विभागका महानिर्देशक पिताम्बर घिमिरेले सिम्रौनगढ मालपोत कार्यालयमा भूमि व्यवस्थापन सूचना प्रणालीको काम पूरा भएको र केही दिनभित्र सेवा सुरु गरिने जानकारी दिए । उनले जग्गाको श्रेस्तासहित अन्य पूर्वाधार निर्माणको लागि पनि विभागले कार्यालयलाई आवश्यक सहयोग गर्ने बताए ।

कार्यक्रममा संविधान सभा सदस्य गोपाल ठाकुर, सिम्रौनगढ नगरपालिकाका मेयर किशोरी साह कलवारलगायतले आफ्नो धारणा राखेका थिए ।

प्रकाशित मिति : १६ भदौ २०७९, बिहिबार  ६ : ३१ बजे

छ सय वर्ष पुरानो खड्गदेवीमा भक्तजनको भीड

दमौली (तनहुँ)- तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा रहेको प्रसिद्ध खड्गदेवी मन्दिरमा

नवरात्रको सातौँ दिन : कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना

काठमाडौं- नवरात्रको सातौँ दिन दसैँ घर तथा पूजाकोठामा नवदुर्गामध्येकी सातौँ

किशोर श्रेष्ठलाई पक्राउ गरिएकोबारे पत्रकार महासंघले के भन्यो ?

काठमाडौं- नेपाल पत्रकार महासंघले जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठलाई प्रहरीले

एसिया–प्रशान्तको समृद्धिमा जोड दिँदै एपीईसी सम्मेलन

बेइजिङ- एसिया–प्रशान्त क्षेत्रको आर्थिक समृद्धि र सहकार्य प्रवद्र्धन गर्ने उद्देश्यले

गृहमन्त्री गुरुङद्वारा जीवित देवी कुमारीको दर्शन

काठमाडौँ- गृहमन्त्री सुधन गुरुङले जीवित देवी कुमारीको दर्शन गरेका छन्