तनहुँमा चुनाव लक्षित कांग्रेसको अभियान पालिकास्तरमा « Khabarhub

तनहुँमा चुनाव लक्षित कांग्रेसको अभियान पालिकास्तरमा


१६ भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दमौली – नेपाली कांग्रेस तनहुँले चुनाव लक्षित ‘जनतासँग काङ्ग्रेस अभियान’लाई पालिकास्तरमा सञ्चालन गरेको छ । जिल्लास्तरमा कार्यक्रम गरी शुभारम्भ गरिएको उक्त अभियानलाई जिल्लाका दशवटै पालिकामा सञ्चालन गरिएको हो ।

चार नगरपालिका र छ गाउँपालिकामा एकैसाथ कार्यक्रम गरी पालिकास्तरमा अभियानको शुभारम्भ गरिएको छ । पालिकास्तरमा सकिएपछि अब भदौ १८ गते एकैपटक ८५ वटै वडामा यो अभियान सञ्चालन हुने नेपाली काङ्ग्रेस तनहुँले जनाएको छ ।

नेपाली कांग्रेस व्यास नगरसमितिले आयोजना गरेको शुभारम्भ कार्यक्रममा केन्द्रीय सदस्य शङ्कर भण्डारीले आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा अग्रज नेतादेखि सबैको व्यवस्थापन हुनुपर्ने बताए । चुनावमा पाँच दलबीच गठबन्धन हुने भएकाले पार्टी र गठबन्धनलाई विजयी गराउन इमानदार भएर लाग्नुपर्नेमा भण्डारीले जोड दिए ।

भण्डारीले निर्वाचनमा पार्टीले जुन क्षेत्रबाट टिकट दिन्छ सोही क्षेत्रबाट चुनाव लड्न तयार हुनुपर्ने बताए । पार्टीले आवश्यकता अनुसार निर्वाचनमा टिकट दिने र जुनसुकै क्षेत्रबाट पनि निर्वाचन लड्न तयार भएर मानसिकता बनाउनुपर्ने उनको भनाइ थियो ।

कार्यक्रममा गण्डकी प्रदेशका आन्तरिक मामिलामन्त्री डोवाटे विश्वकर्मा, व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपाने, पार्टीका पूर्व जिल्ला सभापति रघुनाथ पौडेल, जनतासँग कांग्रेस अभियानका व्यास नगरका संयोजक प्रा डा कृष्णप्रसाद गौतमलगायतले ‘जनतासँग काङ्ग्रेस अभियान’ मार्फत जनतालाई कांग्रेसमा आकर्षित गर्नुपर्ने बताए।

आकाङ्क्षी उम्मेदवारको राय बुझ्दै

आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा उम्मेदवार बन्न पार्टीभित्र आवेदन दिएकाहरुसँग राय बुझ्न थालिएको छ । तनहुँ क्षेत्र नम्बर १ प्रदेश (क) तर्फ उम्मेदवार बन्न चाहेका प्रत्यक्षतर्फका ११ र समानुपातिकतर्फ २१ जनाले आ–आफ्नो राय प्रस्तुत गरे ।

समानुपातिकतर्फका आकाङ्क्षी कुलचन्द्र वाग्ले, कल्पना पोखरेल, अर्जुनबहादुर अधिकारी, राजकुमार श्रेष्ठ, आशा थापा, साहिदा खातुन, पवित्रा पौडेल, सुशीला शर्मा, ओजराज पौडेल, कृष्ण रुचाल, उदयराज गौली, चिनु पोखरेल, ताराप्रसाद श्रेष्ठ, छत्रराज भण्डारी, विणा कैनी, वृषराज श्रेष्ठ, टेकबहादुर गुरुङ, समुन्द्र गोदार, नारायणी अधिकारी, श्यामकुमारी मौराती र प्रताप गुरुङले आफू उम्मेदवार बन्न चाहेको राय प्रस्तुत गरे ।

प्रत्यक्षतर्फका आकाङ्क्षी रघुनाथ पौडेल, अशोककुमार श्रेष्ठ, शेष मोहम्मद हनिफ (गोरा मियाँ), सरिता गुरुङ, लक्ष्मीप्रसाद आचार्य, हरिदत्त पौडेल, दिपक भट्टराई, डोवाटे विक, पूर्णबहादुर गुरुङ, सहदेव अधिकारी र शङ्कर पौडेलले पनि आ–आफ्नो आफ्नो राय प्रस्तुत गरे ।

प्रकाशित मिति : १६ भाद्र २०७९, बिहीबार  ९ : ४३ बजे

भेनेजुएला भूकम्प : आठ दिनपछि भग्नावशेषबाट एक व्यक्तिको सकुशल उद्धार

काटिया ला मार- भेनेजुएलामा विनाशकारी दुई भूकम्पको आठ दिनसम्म भग्नावशेषमा

बालेनले गरे सात विश्वविद्यालयमा उपकुलपति नियुक्त, टियुमा डा. भोला थापा, अरुमा को ?

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले सात विश्वविद्यालयमा उपकुलपति नियुक्त गरेका छन्

बर्डफ्लु सङ्क्रमण : कुखुराको मासु र अण्डा पकाएर खान सुरक्षित छ ?

चितवन– कुखुराको मासु र अण्डा पकाएर खाँदा बर्डफ्लुबाट पूर्ण सुरक्षित

गोल्फुटार बैठकको निष्कर्ष- एकताको महाधिवेशनका सम्भावनाहरू क्षीण भएर गए

काठमाडौं– नेपाली कांग्रेसको संस्थापन इतर समूहले अहिलेको अवस्थामा एकताको महाधिवेशनका

मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची

काठमाडौं– मेलम्ची खानेपानी विकास समितिले आजदेखि मनसुन अवधिभर काठमाडौँ उपत्यकामा