विज्ञान तथा प्रविधिको सारथी बन्दै गण्डकीको ‘जिपास्ट’ | Khabarhub Khabarhub

विज्ञान तथा प्रविधिको सारथी बन्दै गण्डकीको ‘जिपास्ट’


१६ भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अन्नपूर्ण- प्लास्टिक पेलेर पक्की सडक बनाउन सकिन्छ भन्ने नमूना प्रस्तुत भएको चार वर्षभन्दा बढी भयो । पोखरा महानगरपालिका–१४ अनुपम टोलको एक सय मिटर सडक प्लास्टिकबाट पिच गरेर २०७५ साउन १ गते उक्त कार्यको शुभारम्भ गरिएको हो ।

प्लास्टिक सडक सय मिटर मात्र छ । हजारौँ हजार किलोमिटरको कोशेढुङ्गा हो । सहरमा जताततै प्लास्टिक छन् । सहरको फोहर व्यवस्थापन गर्न नगरपालिकालाई हम्मेहम्मे छ । तर तिनै फालिएका प्लास्टिकबाट पक्की सडक बनाउन सकिन्छ भने नमूना पनि हो यो सडक । चार वर्षअघि ग्रिन रोड बेस्ट म्यानेजमेन्ट कम्पनीका युवाद्वारा प्लास्टिक पेलेर बाटो कालोपत्र गर्ने प्रविधि भुटानमा सिकेर पोखरामा प्रयोग गरिएको हो ।

कम्पनीबाट मेकानिकल इञ्जिनीयर विमल बाँस्तोला र सिभिल इञ्जिनीयर राजिव सुवेदीले प्लास्टिकबाट सडक पिच गर्ने प्रविधि सिक्न भुटान गएका थिए । त्यहाँ एकहप्ते तालिम लिएर फर्केपछि उक्त सीपलाई नेपालमा प्रयोग गरिएको हो । यसमा उनीहरू सफल बने। यो प्रविधि अरू ठाउँमा पनि विकास गर्न चाहे पनि स्रोतसाधनको कमी यतिखेर समस्याका रूपमा देखिएको छ ।

यसका लागि प्लास्टिक टुक्रा पार्नुपर्छ । जुन काम गर्न मेसिन पाउनै मुस्किल छ । भएका मेसिन बिग्रँदा बनाउनका लागि चीन वा भारत पुर्‍याउनुपर्छ । हैरानी खेप्नुभन्दा मेसिन नेपालमै बनाउनेतर्फ उनीहरूको ध्यान मोडियो । अनुसन्धान कै क्रममा गण्डकी प्रदेशले सञ्चालन गरेको गण्डकी प्रदेश विज्ञान तथा प्रविधि प्रतिष्ठान ‘जिपास्ट’ सँग ग्रिन रोड बेस्ट म्यानेजमेन्ट कम्पनीले काम गरेको हो । “हामीले प्लास्टिक टुक्रा कसरी बनाउने भनेर रिसर्च गरिरहेका थियौँ”, इञ्जिनीयर विमल बास्तोलाले भने, “त्यही क्रममा गण्डकी प्रदेश विज्ञान तथा प्रविधि प्रतिष्ठान (जिपास्ट) सित कुरा भयो ।” त्यसपछि आफूहरुको काममा जिपास्टले सहयोग गरेको उनले बताए ।

उक्त प्लास्टिक पेल्ने मेसिनको अनुसन्धान विकासका लागि धेरै रकम आवश्यक पर्ने भएकाले जिपास्टले सहयोग गरेको बास्तोलाले जानकारी दिए। “अहिले हामीलाई धेरै कुरामा सहज भएको छ”, उनले भने, “प्लास्टिक सडक कार्यक्रम देशैभरि फैलाउने हाम्रो योजना छ, त्यसमा जिपास्टबाट सहयोग पाए सहज हुने थियो ।” गण्डकी प्रदेश सरकारले विज्ञान तथा प्रविधि क्षेत्रमा नवीतम सोच राख्नेका लागि जिपास्ट स्थापना गरेको हो ।

प्रदेश सरकारले विज्ञान तथा प्रविधि क्षेत्रमा अध्ययन अनुसन्धान गर्ने संस्था तथा व्यक्तिलाई सहयोग पुर्‍याउन यसको  स्थापना गरिएको प्रतिष्ठानका प्रमुख ढाका भण्डारीले जानकारी दिए। यो स्थापना भएको २० महिना भयो । “प्रदेशभर विज्ञान तथा प्रविधि क्षेत्रमा क्रियटिभ रूपमा लाग्नेहरूलाई सहयोग पुग्ने गरी यो प्रतिष्ठानको परिकल्पना अघि बढेको हो”, उनले भने, “स्थापना भएको छोटो समयमा पनि ग्रिन रोड बेस्ट म्यानेजमेन्ट कम्पनीजस्तै अन्य संस्था र व्यक्तिलाई सेवा दिन पाएका छौँ ।” प्रतिष्ठानले कर्मचारी भर्नादेखि प्रयोगशाला स्थापना, अनुसन्धानकर्ताका लागि फेलोसिप, अनुसन्धानका लागि लागत साझेदारी, वर्कसप, तालिमको काम गरिरहेको उनले जानकारी दिए।

जिपास्ट प्रदेश सरकारको शिक्षा, संस्कृति, विज्ञान, प्रविधि तथा सामाजिक विकास मन्त्रालयअन्तर्गत सञ्चालित छ । प्रदेशलाई सक्षम बनाउन आवश्यकताका आधारमा प्रतिष्ठानलाई प्रयोग गर्ने मन्त्रालयको योजना छ । यसलाई अझै प्रभावकारी बनाउन यस वर्ष पनि नयाँ योजना बनाएर बजेट छुटाइएको प्रदेश शिक्षा, संस्कृति, विज्ञान, प्रविधि तथा सामाजिक विकासमन्त्री मेखलाल श्रेष्ठले जानकारी दिए।

मन्त्री श्रेष्ठले भने, “लुप्त अवस्थामा रहेका चिजलाई अनुसन्धान गरेर कसरी उत्पादन बढाउने, आयस्रोत बढाएर प्रदेशलाई सक्षम बनाउने कुरा जिपास्टसँग जोडिएको छ ।” चालु आर्थिक वर्षमा विनियोजन गरिएको रकमबाट ग्रिन रोड बेस्ट म्यानेजमेन्ट कम्पनी जस्तै विज्ञान तथा प्रविधि क्षेत्रमा नवीनतम सोचका साथ काम गर्ने सङ्घ वा व्यक्तिलाई सहयोग गर्ने जिपास्टको योजना रहेको उनले जानकारी दिए।

प्रकाशित मिति : १६ भाद्र २०७९, बिहीबार  ११ : ३८ बजे

कांग्रेस-एमाले मिलाउने स्वार्थ समूहले बजेटमा चलखेल गर्‍यो : वर्षमान पुन

काठमाडौं – नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले सरकारले आगामी

हामी राष्ट्रिय पुँजी प्रवर्द्धन, सुशासन र समृद्धिको अभियानमा छौं : प्रचण्ड

भक्तपुर – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा

यस्तो छ सक्रिय राजनीतिमा फर्कने विद्यादेवी भण्डारीको घोषणा (पूर्णपाठ)

काठमाडौँ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू अब सक्रिय राजनीतिमा फर्कने

पाकिस्तानको उत्तर वजिरिस्तानमा आत्मघाती आक्रमण, १६ जना सुरक्षाकर्मीको मृत्यु

एजेनसी– पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको उत्तर वजिरिस्तान  जिल्लामा शनिबार भएको

ड्रागन फ्रुटले किसानलाई दिएको नयाँ आशा

वीरेन्द्रनगर– सुर्खेतमा ड्रागन फ्रुटको सम्भावनाले किसानलाई नयाँ आशा दिएसँगै यहाँका