मुख्यमन्त्री पाण्डेद्वारा जिल्ला प्रशासन कार्यालय अनुगमन | Khabarhub Khabarhub

मुख्यमन्त्री पाण्डेद्वारा जिल्ला प्रशासन कार्यालय अनुगमन


१६ भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मकवानपुर- बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले जिल्ला प्रशासन कार्यालय मकवानपुरको आज अनुगमन गरेका छन् । उनले जिल्ला प्रशासन कार्यालयबाट प्रवाह हुने नागरिकता, राहदानी तथा विभिन्न सिफारिस कक्षमा पुगेर सेवाग्राहीसँग कार्यालयको सेवा प्रवाहको अवस्थाबारे जानकारी लिएका थिए।

सो अवसरमा उनले सेवाग्राहीलाई छिटो–छरितो सेवा उपलब्ध गराई सेवाग्राहीलाई आवश्यक पर्ने पूर्वाधार विकासका लागि पनि संरचना तयार सहित सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउन सम्बन्धित निकायलाई निर्देशन दिए।

त्यस्तै आसन्न मङ्सिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभाको निर्वाचनलाई स्वच्छ निष्पक्ष एवं भयरहित बनाउन आवश्यक शान्ति सुरक्षा उपलब्ध गराउनेतर्फ पनि सुरक्षा रणनीति तयार गर्न मुख्यमन्त्री पाण्डेले आग्रह गरे।

सो अवसरमा प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डे र सहायका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले प्रशासनिक सेवा तथा अर्धन्यायिक मुद्दाको फछ्र्याैट, नागरिक सेवा, राहदानी सेवा तथा अन्य सिफारिस सेवा, जिल्लाको शान्ति सुरक्षाको अवस्थाबारे मुख्यमन्त्री पाण्डेलाई जानकारी गराएका थिए।

प्रकाशित मिति : १६ भाद्र २०७९, बिहीबार  १ : ०९ बजे

‘युक्रेनी बालबालिकाको अपहरण’ बारे ध्यान दिएकोमा मेलानिया ट्रम्पलाई जेलेन्स्कीले दिए धन्यवाद

वाशिङ्टन- युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले मङ्गलबार अमेरिकी प्रथम महिला मेलानिया

मुख्यमन्त्री शाह र धनगढी उप-महानगरपालिका नगर प्रमुख हमालबीच भेटवार्ता

काठमाडौं– सुदूरपश्चिम प्रदेश मुख्यमन्त्री कमल बहादुर शाह र धनगढी उप-महानगरपालिका

हस्ताक्षर अभियानबारे शेखरको अडान : सरकारले गर्ने अरू धेरै काम छन्, अलोकप्रिय कदम नचालौँ

काठमाडौं- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले मंगलबार सिंहदरबारस्थित संसदीय

चट्याङ लागेर एक जनाको मृत्यु, सात घाइते

बागमती– चट्याङ लागेर मकवानपुरको मनहरी गाउँपालिका– ६ हाङलाङमा आज एक