वर्षेनी घट्दै औषधिजन्य जडीबुटीको उत्पादन | Khabarhub Khabarhub

वर्षेनी घट्दै औषधिजन्य जडीबुटीको उत्पादन


१६ भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बारा- जडीबुटी उत्पादन तथा प्रतिशोध केन्द्र कम्पनी लिमिटेड शाखा कार्यालय तामागढीमा औषधिजन्य जडीबुटीको उत्पादन वर्षेनी घट्दै गएको छ । जडीबुटीको उचित मूल्य नपाउँदा किसानले जडीबुटी खेती गर्न छोडेपछि प्रशोधन केन्द्रमा औषधिजन्य उत्पादन घट्दै गएको हो ।

‘बाराको कोहल्बी नगरपालिकामा तामागढीमा नेपाल सरकारको स्वामित्व रहेको जडीबुटी उत्पादन तथा प्रतिशोध केन्द्र कम्पनी लिमिटेडमा औषधिजन्य जडीबुटीको उत्पादन वर्षेनी घटेको देखिन्छ’, जडीबुटी उत्पादन तथा प्रतिशोधन केन्द्र शाखा कार्यालय तामागढीका प्रमुख बखत बहादुर साउदले भने, ‘वर्षेनी औषधिजन्य जडीबुटीको उत्पादन घट्नुको मुख्य कारण किसानले लगाएको जडीबुटीले उचित मूल्य नपाउनु नै हो ।’

तामागढीमा लेमनग्रास, सिट्रोनेला, पामारोजा, मेन्था, बाबरी तथा क्यामोमाईल तथा मसला तेललगायत जडीबुटीको खेती हुँदै आएको साउद बताउँछन् । ‘शाखा कार्यालय तामागढीले वार्षिक रूपमा ९ टन जडीबुटी उत्पादन गर्ने गरेको छ । केन्द्रीय कार्यालयले किसानलाई मलखाद्य सहयोग, ढुवानी खर्च, खरिद दर वृद्धि, अनुगमन तथा सहयोग गरेर १७ हजार ६ सय ५० किलो जडीबुटी उत्पादन गर्ने लक्ष्य लिएको थियो,’ उनले भने ।

तामागढी शाखाले आर्थिक वर्ष २०७९/०८० मा लेमनग्रास तीन हजार किलो, सिट्रोनेला एक हजार सात सय किलो, पामारोजा एक हजार छ सय २० किलो, मेन्था नौ हजार किलो, बाबरी तीन सय ८० किलो, क्यामोमाईल चार सय ५० किलो, मसलाको तेल एक हजार पाँच सय किलो तथा तुलसी पाँच किलो उत्पादन गर्ने लक्ष्य लिएको थियो ।

शाखाले आर्थिक वर्ष २०७४/०७५ मा लेमनग्रास तीन हजार एक सय किलो उत्पादन गर्ने लक्ष्य लिएकोमा तीन हजार तीन सय ९९ किलो उत्पादन गरेको थियो ।

त्यसैगरी सिट्रोनेला तीन हजार पाँच सय किलो उत्पादन गर्ने लक्ष्य लिएकोमा दुई हजार दुई सय सात किलो मात्र उत्पादन गरेको थियो ।

त्यस्तै पामारोजा एक हजार सात सय किलो उत्पादन गर्ने लक्ष्य लिएकोमा नौ सय ३३ किलो मात्र उत्पादन गरेको थियो ।
मेन्था पाँच हजार केजीको लक्ष्यमा तीन हजार तीन सय ६४ किलो, बाबरी पचास किलो लक्ष्यमा ३५ किलो, क्यामोमाइल चार सय ५० किलो लक्ष्यमा चार सय, बेरासी किलो, मसला तेल सात सय लक्ष्यमा छ सय ५९ किलो उत्पादन गरेको तथ्यांक रहेको छ ।

त्यसैगरी केन्द्रले २०७५/०७६ मा लेमनग्रास चार हजार किलो उत्पादन गर्ने लक्ष्य लिएकोमा तीन हजार ८१ किलो उत्पादन गरेको थियो । सिट्रोनेला दुई हजार पाँच सय किलो उत्पादन गर्ने लक्ष्य लिएकोमा नौ सय ४४ किलो मात्र उत्पादन गर्न सकेको थियो । पामारोजा एक हजार सात सय किलो उत्पादन गर्ने लक्ष्य लिएकोमा एक हजार चार सय २७ किलो मात्र उत्पादन गरेको हो ।

त्यस्तै मेन्था छ हजार लक्ष्यमा तीन हजार छ सय ५४ किलो, बाबरी ५० किलो लक्ष्यमा २० किलो, क्यामोमाइल चार सय ५० किलो लक्ष्यमा छ सय त्याइस किलो, मसला तेल सात सय लक्ष्यमा पाँच सय ६७ किलो उत्पादन गरेको तथ्यांक रहेको छ ।

२०७६/०७७ मा लेमनग्रास चार हजार किलो उत्पादन गर्ने लक्ष्य लिएकोमा तीन हजार एक सय १२ किलो उत्पादन गरेको थियो ।

त्यसैगरी सिट्रोनेला दुई हजार पाँच सय किलो उत्पादन गर्ने लक्ष्य लिएकोमा नौ सय ६० किलो मात्र उत्पादन गर्न सकेको जनाइएको छ । पामारोजा एक हजार सात सय किलो उत्पादन गर्ने लक्ष्य लिएकोमा एक हजार चार सय ९९ किलो मात्र उत्पादन गरेको थियो । क्रमशः मेन्था छ हजार लक्ष्यमा दुई हजार सात २४ किलो, बाबरी ५० किलो लक्ष्यमा २८ किलो, क्यामोमाइल सात सय किलो लक्ष्यमा चार सय ११ किलो, मसला तेल सात सय लक्ष्यमा तीन सय २५ किलो उत्पादन गरेको तथ्यांक रहेको छ ।

२०७७/०७८ मा लेमनग्रास चार हजार किलो उत्पादन गर्ने लक्ष्य लिएकोमा तीन हजार सात सय ६८ किलो उत्पादन गरेको थियो । त्यसैगरी सिट्रोनेला दुई हजार आठ सय किलो उत्पादन गर्ने लक्ष्य लिएकोमा दुई हजार एक सय पन्ध्र किलो मात्र उत्पादन गर्न सकेको छ ।

पामारोजा एक हजार नौ सय ८० किलो उत्पादन गर्ने लक्ष्य लिएकोमा छ सय ३७ किलो मात्र उत्पादन गरेको थियो । मेन्था सात हजार लक्ष्यमा एक हजार पाँच सय ८५ किलो, बाबरी पचास किलो लक्ष्यमा चवालिस किलो, क्यामोमाइल छ सय ७५ किलो लक्ष्यमा चार सय उन्नचालिस किलो, मसला तेल छ सय लक्ष्यमा एक हजार पाँच सय ७१ किलो उत्पादन गरेको तथ्यांक रहेको छ ।

२०७८/०७९ मा लेमनग्रास तिन हजार छ सय किलो उत्पादन गर्ने लक्ष्य लिएकोमा तीन हजार सात सय छब्बीस किलो उत्पादन गरेको थियो । त्यसैगरी सिट्रोनेला तीन हजार एक सय ५० किलो उत्पादन गर्ने लक्ष्य लिएकोमा दुई हजार दुई सय ८९ किलो मात्र उत्पादन गर्न सकेको छ ।

पामारोजा एक हजार दुई सय किलो उत्पादन गर्ने लक्ष्य लिएकोमा दुई सय ७१ किलो मात्र उत्पादन गरेको थियो । मेन्था चार हजार लक्ष्यमा एक हजार दुई सय एक किलो, बाबरी एक सय २० किलो लक्ष्यमा ४७ किलो, क्यामोमाइल चार सय ७५ किलो लक्ष्यमा चार सय १३ किलो, मसला तेल एक हजार पाँच सय लक्ष्यमा तीन सय ८९ किलो उत्पादन गरेको तथ्यांक रहेको जडीबुटी उत्पादन तथा प्रतिशोधन केन्द्रले जनाएको छ ।

प्रकाशित मिति : १६ भाद्र २०७९, बिहीबार  ६ : ०५ बजे

 गृह मन्त्रालयद्वारा हालसम्मकै उच्च बेरुजु फर्छ्यौट 

काठमाडौं– बेरुजु फर्छ्यौट गरी वित्तीय सुशासन कायम गर्न गृह मन्त्रालयको क्रियाशीलता

मुस्ताङमा एक महिलामा डेङ्गु सङ्क्रमण

मुस्ताङ– हिमाली जिल्ला मुस्ताङमा एक महिलामा डेङ्गु समक्रमण देखिएको छ

मोरङमा पूर्वराष्ट्रपतिले भनिन्- विशेष जिम्मेवारी पूरा गरेर सदस्यका रुपमा एमालेमा सक्रिय भइसकेँ

विराटनगर- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी मंगलबार दिउँसो एमाले मोरङ जिल्ला कमिटीको

टप एन्ड टी-ट्वान्टी श्रृङ्खलामा नेपालको पहिलो जित

काठमाडौं– अस्ट्रेलियामा जारी टप एन्ड ट्वान्टी–२० शृङ्खलामा नेपालले पहिलो जित

युक्रेनले युरोपेली कोषमार्फत ९० अर्ब डलरको अमेरिकी हतियार खरिद गर्ने जेलेन्स्कीद्वारा पुष्टि

वाशिङ्टन- युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले सोमबार युक्रेनले आफ्नो सुरक्षा ग्यारेन्टीको