नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक राष्ट्रियसभामा पेश  « Khabarhub

नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक राष्ट्रियसभामा पेश 


१६ भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- विधायन व्यवस्थापन समितिले नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९, सम्बन्धी प्रतिवेदन राष्ट्रियसभामा पेश गरेको छ ।

बिहीबार बसेको राष्ट्रियसभा बैठकमा समितिका ज्येष्ठ सदस्य नारायण दत्त मिश्रले राष्ट्रपतिबाट पुनर्विचारका लागि फिर्ता भई प्रतिनिधिसभाबाट सन्देश सहित प्राप्त नागरिकता विधेयक सम्बन्धी प्रतिवेदन पेश गरेका हुन् । समितिमा उक्त विधेयकमाथि दुई दिन छलफल भई हुबहु पारित भएको थियो । विधेयकमा सम्बन्धमा भएको छलफलका क्रममा गृहमन्त्री, कानून मन्त्रालय लगायत सबै सरोकारवालाहरुसँग छलफल गरेको मिश्रले जानकारी दिए।

त्यस्तै बैठकमा प्रतिनिधिसभाबाट सन्देश सहित प्राप्त कारागार विधेयक २०७६ सम्बन्धी प्रतिवेदन पेश गरिएको थियो भने राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कन समितिका सदस्य देवेन्द्र दाहालले समितिको वार्षिक प्रतिवेदन २०७६ र एकीकृत प्रतिवेदन २०७९ पेश गरेका थिए ।

प्रकाशित मिति : १६ भाद्र २०७९, बिहीबार  ६ : २७ बजे

अधिवक्ता मिश्र कैलाली ३ बाट स्वतन्त्र उम्मेदवार बन्ने

धनगढी- आगामी निर्वाचनमा कैलाली क्षेत्र नम्बर ३ बाट युवा कानुन

देउवाको नियति : शक्तिमा हुँदा जहिल्यै गलहत्तिनुपर्ने, भोग्न बाध्य भए बीपीदेखि गगनसम्मको चोट

काठमाडौं – नेपाली कांग्रेसको सभापतिका रूपमा शुक्रबारदेखि वैधानिकता गुमाएका शेरबहादुर

तनहुँमा एकजना मृत फेला

तनहुँ – तनहुँको म्याग्दे गाउँपालिका–५ धारापानीस्थित भिमाद बेलचौतारा भित्री सडकखण्डमा

अमरेशकुमार सिंह रास्वपामा प्रवेश गर्दै

काठमाडौं – नेपाली कांग्रेसबाट कारबाहीमा परेपछि २०७९ को प्रतिनिधि सभा

पर्यटन उद्योग अर्थतन्त्रको मेरुदण्ड : उपराष्ट्रपति यादव

काठमाडौं – उपराष्ट्रपति रामसहाय प्रसाद यादवले पर्यटन उद्योग राष्ट्रिय अर्थतन्त्रको