पोखरा महानगरका निजी शौचालय सार्वजनिक प्रयोगमा « Khabarhub

पोखरा महानगरका निजी शौचालय सार्वजनिक प्रयोगमा


१६ भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पोखरा महानगरपालिकाले व्यक्ति तथा निजी कम्पनीका शौचालयलाई सर्वसाधारणले निःशुल्क प्रयोग गर्ने गरी सञ्चालनमा ल्याएको छ ।

देशकै मुख्य पर्यटकीय सहर पोखराको बजार क्षेत्रमा अत्यावश्यक सार्वजनिक शौचालय नहुँदा सर्वसाधारणले सास्ती पाइरहेको अवस्थामा महानगरले आजदेखि निजी साझेदारीमा ३२ वटा शौचालयलाई सार्वजनिक प्रयोगमा ल्याएको हो ।

महानगरले सार्वजनिक सूचना जारी गरी शौचालय उपयोग गर्न दिन इच्छुक व्यक्ति तथा संस्थालाई साउन मसान्तभित्रमा महानगरमा निवेदन दिन आह्वान गरेअनुसार सार्वजनिक उपयोगमा ल्याउन इच्छा देखाएका व्यक्ति तथा व्यावसायिक संस्थासँग सम्झौता गरिएको हो ।

विभिन्न व्यक्ति, कम्पनी, वित्तीय संस्थाबाट सो सङ्ख्यामा अनुमति प्राप्तपछि सञ्चालनमा ल्याइएको महानगर प्रमुख धनराज आचार्यले बताए । प्रयोगकर्तालाई सार्वजनिक शौचालय पहिचान गर्न सजिलो होस् भनेर सबैमा एकै प्रकारको सङ्केत चिह्न राखिएको छ ।

महानगर कार्यपालिका बैठकले महानगरका ३३ वटै वडामा सुविधासम्पन्न सार्वजनिक शौचालय बनाउने निर्णय गरिसकेकाले आगामी एक वर्षभित्रमा निर्माण गरिने र सो समयसम्मका लागि निजी शौचालय प्रयोग गर्ने गरी सम्झौता भएको आचार्यले जानकारी दिए ।

उनले भने, “सहरभित्र सार्वजनिक शौचालय नहुँदा कति सास्ती बेहोर्नुपर्दछ भनेर सबैले अनुभूति गरेकै विषय हो । सार्वजनिक नीति साझेदारीअनुसार मिलेर काम गर्दा नतिजा दिन सकिन्छ भन्ने भएको छ । शौचालय बाहिर देखिने गरी लोगो राखिएकाले कसले साझेदारी गरेको भन्ने स्पष्ट हुन्छ ।”

महानगरले सार्वजनिकरूपमा निःशुल्क उपयोग गर्न दिएबापत त्यस्ता व्यक्ति वा संस्थालाई महानगरबाट उपलब्ध हुने सेवा सुविधामा प्राथमिकता दिने गरी नीतिगत व्यवस्था गरिने जनाएको छ ।

शौचालय प्रयोग गर्न दिन मञ्जुर व्यक्ति वा संस्थासँग आगामी एक वर्षका लागि सम्झौता गरिएको शौचालयमा आवश्यक पर्ने सफाइ एवं स्यानिटरी सामग्री महानगरले आवश्यकताअनुसार उपलब्ध गराउने प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रदेव भारतीले बताए ।

उनका अनुसार प्रयोगमा ल्याइएका स्थानमा विशेष पहिचानयुक्त लोगोे वा सङ्केत राखिएकाले सर्वसाधारणलाई अलमल हुने छैन । महानगरले सम्झौता गरेकामा व्यक्तिगत घर, बैंक तथा वित्तीय संस्था, व्यापारिक कम्प्लेक्स, पेट्रोल पम्प, होटल तथा रेष्टुराँ आदि रहेका छन् ।

प्रकाशित मिति : १६ भाद्र २०७९, बिहीबार  ७ : २७ बजे

बालेनले गरे सात विश्वविद्यालयमा उपकुलपति नियुक्त, टियुमा डा. भोला थापा, अरुमा को ?

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले सात विश्वविद्यालयमा उपकुलपति नियुक्त गरेका छन्

बर्डफ्लु सङ्क्रमण : कुखुराको मासु र अण्डा पकाएर खान सुरक्षित छ ?

चितवन– कुखुराको मासु र अण्डा पकाएर खाँदा बर्डफ्लुबाट पूर्ण सुरक्षित

गोल्फुटार बैठकको निष्कर्ष- एकताको महाधिवेशनका सम्भावनाहरू क्षीण भएर गए

काठमाडौं– नेपाली कांग्रेसको संस्थापन इतर समूहले अहिलेको अवस्थामा एकताको महाधिवेशनका

मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची

काठमाडौं– मेलम्ची खानेपानी विकास समितिले आजदेखि मनसुन अवधिभर काठमाडौँ उपत्यकामा

मेयरमा पराजितलाई त्रिभुवन विश्वविद्यालय सेवा आयोगको जिम्मा दिएकोमा प्राध्यापकको आपत्ति 

काठमाडौं– त्रिभुवन विश्वविद्यालय सेवा आयोगको अध्यक्षमा काठमाडौंको मेयरमा पराजित किशोर