तीन हप्तादेखि पासाङल्हामु मार्गको रसुवा खण्ड अवरुद्ध « Khabarhub

तीन हप्तादेखि पासाङल्हामु मार्गको रसुवा खण्ड अवरुद्ध


१६ भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पासाङल्हामु सडकखण्ड अन्तर्गत रसुवाको उत्तरगया–५ बनुवा घुम्तीमा सडक भासिएर गत साउन २४ गते राति पहिरो गएपछि उक्त सडक हालसम्म अवरुद्ध छ । सोही कारण वैकल्पिक सडक धारापानीबाट तारुके हुँदै बेल चउर निस्कने सडक प्रयोगमा ल्याइएको छ ।

उक्त सडकखण्डमा स–साना सवारी साधनलाई मात्र आवतजावत गर्न भनिएको रसुवा प्रहरीले जनाएको छ । भासिएको सडकको मर्मतको काम सडक डिभिजन नुवाकोटबाट भइरहेको छ ।

उक्त स्थानमा १२ मिटर उचाइको करिब एकसय मिटर लम्बाइको पर्खाल निर्माण गरेर सडक बनाइरहेको डिभिजन प्रमुख अमृतमणि रिमालले जानकारी दिए ।

अनुसार अहिलेसम्म छ सय घनमिटर ढुङ्गा भर्ने काम सम्पन्न भएको छ । सडकको मर्मतको काम हाल २५ प्रतिशत सकिएकाले पूरा हुन भदौ महिना लाग्ने देखिन्छ ।

यो सडक सञ्चालन नहुँदा ससाना सवारीसाधनलाई धारापानीबाट बेलचउर हुँदै र ठूला सवारी साधनलाई बेत्रावतीबाट मैलुङ हुँदै स्याफ्रुबेँसी आवतजावत गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय रसुवाले अनुरोध गरेको छ ।

 

प्रकाशित मिति : १६ भाद्र २०७९, बिहीबार  ८ : २० बजे

भेनेजुएला भूकम्प : आठ दिनपछि भग्नावशेषबाट एक व्यक्तिको सकुशल उद्धार

काटिया ला मार- भेनेजुएलामा विनाशकारी दुई भूकम्पको आठ दिनसम्म भग्नावशेषमा

बालेनले गरे सात विश्वविद्यालयमा उपकुलपति नियुक्त, टियुमा डा. भोला थापा, अरुमा को ?

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले सात विश्वविद्यालयमा उपकुलपति नियुक्त गरेका छन्

बर्डफ्लु सङ्क्रमण : कुखुराको मासु र अण्डा पकाएर खान सुरक्षित छ ?

चितवन– कुखुराको मासु र अण्डा पकाएर खाँदा बर्डफ्लुबाट पूर्ण सुरक्षित

गोल्फुटार बैठकको निष्कर्ष- एकताको महाधिवेशनका सम्भावनाहरू क्षीण भएर गए

काठमाडौं– नेपाली कांग्रेसको संस्थापन इतर समूहले अहिलेको अवस्थामा एकताको महाधिवेशनका

मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची

काठमाडौं– मेलम्ची खानेपानी विकास समितिले आजदेखि मनसुन अवधिभर काठमाडौँ उपत्यकामा