त्रिविको समस्या प्राज्ञिक बहसबाट समाधान गर्न सङ्घको सुझाव « Khabarhub

त्रिविको समस्या प्राज्ञिक बहसबाट समाधान गर्न सङ्घको सुझाव


१६ भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल प्राध्यापक सङ्घले त्रिभुवन विश्वविद्यालय (त्रिवि)का समस्या प्राज्ञिक संवादबाट समाधान गर्न आग्रह गरेको छ ।

आज सङ्घका अध्यक्ष प्रा डा रमेशकुमार जोशीले विज्ञप्ति जारी गर्दै त्रिवि जस्तो गरिमामय संस्थामा अस्थिरता निम्त्याउनु, त्रिविमा अध्ययन गर्ने विद्यार्थीमा दिनप्रतिदिन नैराश्य जागृत गराइनुु, कर्मचारी र प्राध्यापक वर्गलाई पनि बारम्बार नकारात्मक बनाउने जस्ता अवस्था सिर्जना भइरहनु गलत रहेको बताएका छन् ।

उनले यस्ता अशोभनीय कार्यको छिटोभन्दा छिटो प्राज्ञिक संवादको अभ्यासबाट समाधान निकाल्न आग्रह गरेका हुन्। विभिन्न प्रकारका माग राखी तालाबन्दी गर्ने, भौतिक दबाव दिने जस्ता क्रियाकलापले प्राज्ञिक बहसको स्थलका रुपमा रहेको त्रिविमा अप्राज्ञिक एवं अमर्यादित गतिविधि गरिनु कुनै पनि दृष्टिले उचित मान्न नसकिने विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : १६ भाद्र २०७९, बिहीबार  ८ : ३२ बजे

भेनेजुएला भूकम्प : आठ दिनपछि भग्नावशेषबाट एक व्यक्तिको सकुशल उद्धार

काटिया ला मार- भेनेजुएलामा विनाशकारी दुई भूकम्पको आठ दिनसम्म भग्नावशेषमा

बालेनले गरे सात विश्वविद्यालयमा उपकुलपति नियुक्त, टियुमा डा. भोला थापा, अरुमा को ?

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले सात विश्वविद्यालयमा उपकुलपति नियुक्त गरेका छन्

बर्डफ्लु सङ्क्रमण : कुखुराको मासु र अण्डा पकाएर खान सुरक्षित छ ?

चितवन– कुखुराको मासु र अण्डा पकाएर खाँदा बर्डफ्लुबाट पूर्ण सुरक्षित

गोल्फुटार बैठकको निष्कर्ष- एकताको महाधिवेशनका सम्भावनाहरू क्षीण भएर गए

काठमाडौं– नेपाली कांग्रेसको संस्थापन इतर समूहले अहिलेको अवस्थामा एकताको महाधिवेशनका

मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची

काठमाडौं– मेलम्ची खानेपानी विकास समितिले आजदेखि मनसुन अवधिभर काठमाडौँ उपत्यकामा