जलवायु परिवर्तनको सामना गर्न अन्तराष्ट्रिय सहयोग आवश्यक छ : मन्त्री यादव | Khabarhub Khabarhub

जलवायु परिवर्तनको सामना गर्न अन्तराष्ट्रिय सहयोग आवश्यक छ : मन्त्री यादव


१६ भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – वन तथा वातावरणमन्त्री प्रदीप यादवले जलवायु परिवर्तनको सामना गर्नु सबैको दायित्व भएको बताएका छन् ।

आज मन्त्रालयको आयोजनामा आगामी नोभेम्बरमा इजिप्टमा हुने राष्ट्रसङ्घीय जलवायु सम्मेलन (कोप २७)मा नेपालले उठान गर्ने मुद्दाबारे विभिन्न सङ्घ संस्थासँगको छलफल तथा अन्तक्र्रिया कार्यक्रममा मन्त्री यादवले हामी सबैले कार्बन उत्सर्जनलाई कम गरेर र दिगो जीवनशैलीलाई अपनाई तथा प्रसार गरेर जलवायु परिवर्तनको सामना गर्न मद्दत गर्नुपर्ने बताए ।

उनले भने, ‘जलवायु परिर्वतनका कारण विश्वमा विभिन्न बाढी पहिरोलगायतका घटना भइरहेका छन्, यो समस्या सामाधानका लागि विश्वव्यापीरुपमा प्रयास भइरहेकाले हामीले पनि समस्या समाधानका लागि अग्रसर हुन आवश्यक छ ।’ मन्त्री यादवले राष्ट्रिय जलवायु परिर्वतन नीति २०७६ तर्जुमा भई कार्यान्वयनमा रहेकोसमेत जानकारी गराए ।

नेपालले बनाएको नीति तथा रणनीति तथा कार्यक्रम सबै तहमा कार्यान्वयन गरिनेसमेत उनको भनाइ थियो । हाम्रा महत्वाकाङ्क्षी प्रतिबद्धता तथा कार्यक्रम कार्यान्वयन गर्न हामीलाई अन्तर्राष्ट्रिय सहयोग आवश्यक पर्ने भएकाले नेपालले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कार्यक्रममा पनि यो कुरा राखेको मन्त्री यादवले बताए ।

मन्त्री यादवले मन्त्रालयका राष्ट्रसेवक कर्मचारी, आम नागरिक, सामुदायिक वनका पदाधिकारीलगायत विभिन्न संस्थाको सहयोगमा वनको कूल हिस्सा ४५ प्रतिशतभन्दा बढी पुगेकाले आफूहरु आफ्नो लक्ष्यभन्दा माथि पगेको दाबीसमेत गरे ।

प्रकाशित मिति : १६ भाद्र २०७९, बिहीबार  १० : १४ बजे

१२ वर्षमा गायन यात्रा सुरु गरेकी एन्जिला (भिडियो वार्ता)

काठमाडौं – एन्जिला रेग्मी नेपाली संगीतको चम्किलो नक्षत्र हुन्, जसको

करेन्ट लागेर एक वर्षमा १५ जनाको मृत्यु

झापा– झापाको ग्रामीण क्षेत्रमा विद्युतको असुरक्षित प्रयोगका कारण विद्युत प्रवाह

लगानीकर्ताका लागि उत्तम समय : कर्जामा पाँच वर्षयताकै सस्तो ब्याज

काठमाडौं – नेपालको बैंकिङ क्षेत्रबाट प्रवाहित हुने कर्जाको ब्याजदर पाँच

अनिता अद्वानीको खुलासा: डिम्पल कपाडियाभन्दा अघि नै राजेश खन्नासँग विवाह

काठमाडौं – बलिउड अभिनेत्री अनिता अद्वानीले दिवंगत सुपरस्टार राजेश खन्नाबारे

नेपालमा रुबेला उन्मूलनको घोषणा, विश्व स्वास्थ्य संगठनबाट बधाई

काठमाडौं– बालबालिकाको प्राणघातक रोग रुबेला उन्मूलनमा नेपालले सफलता पाएको छ