आजको मौसम : तीनवटा प्रदेशमा भारी वर्षाको सम्भावना « Khabarhub

आजको मौसम : तीनवटा प्रदेशमा भारी वर्षाको सम्भावना


१७ भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अहिले मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही उत्तरतर्फ अवस्थित रहेको छ।

शुक्रबार बिहान देशभर आंशिकदेखि सामान्य बदली रही लुम्बिनी, गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

शुक्रबार देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशका केही स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

लुम्बिनी, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

त्यस्तै शुक्रबार राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशहरूका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

प्रकाशित मिति : १७ भाद्र २०७९, शुक्रबार  ६ : १५ बजे

एमालेद्वारा बालेन सरकारको १०० दिनको समीक्षा : काम फितलो र योजनाहरू विवादास्पद

काठमाडौं– नेकपा (एमाले)ले वालेन्द्र शाह नेतृत्वको सरकारको एक सय दिन

बैतडीमा यात्रुवाहक बस दुर्घटना : १७ जना घाइते

दशरथचन्द– बैतडीमा यात्रुवाहक बस दुर्घटना हुँदा १७ जना घाइते भएका

सुशासन र नागरिक सेवाका हिसाबले सरकारका सय दिन सफल : रवि

काठमाडौं- सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले

सीप अवसर र रोजगारी भन्ने नाराका साथ पोखरामा रोजगार मेला

काठमाडौं– सीप अवसर र रोजगारी भन्ने नाराका साथ पोखरामा रोजगार

बरु २५ वर्ष जेल बस्छौँ, मानव अधिकारविरुद्धका कानुन स्वीकार्दैनौँ : धवलशमशेर राणा

काठमाडौं– राप्रपा परित्याग गरी नयाँ राजनीतिक दल गठनको तयारीमा रहेका