तालाबन्दी र हड्तालले विश्वविद्यालयका समस्या समाधान हुँदैन : प्रधानमन्त्री  « Khabarhub

तालाबन्दी र हड्तालले विश्वविद्यालयका समस्या समाधान हुँदैन : प्रधानमन्त्री 


१७ भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवाले तालाबन्दी र हड्तालले विश्वविद्यालयको समस्या समाधान नहुने बताएका छन् ।

शुक्रबार शंकरदेव क्याम्पसले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले तालाबन्दी र हड्तालले विश्वविद्यालयको समस्या समाधान नहुने भन्दै राजनीतिक पूर्वाग्रह त्याग्न आग्रह गरे ।

त्रिभुवन विश्वविद्यालयमा लामो समयदेखि नेविसंघले तालाबन्दी गरेको छ भने यस विषयलाई लिएर सडक र सदनसम्म आवाज उठिरहेको छ ।

राजनीतिक आग्रह र पूर्वाग्रह त्यागेर विश्वविद्यालयका समस्या पहिचान गर्न आवश्यक रहेको बताउँदै प्रधानमन्त्री देउवाले विभिन्न चुनौतीबाट गुज्रिएको विश्वविद्यालयमा देखिएका समस्या समाधान गर्न सबै पक्ष जिम्मेवार बन्नुपर्ने बताए ।

विश्वविद्यालयको समस्या समाधान गर्न र शिक्षा क्षेत्रको विकासका लागि आफू प्रतिबद्ध रहेका उनले बताए ।

प्रकाशित मिति : १७ भाद्र २०७९, शुक्रबार  १ : ३९ बजे

फागुन २१ को निर्वाचन देशभर एकै चरणमा हुन्छ : गृहमन्त्री अर्याल

सप्तरी – गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी फागुन २१ गते हुने

अवैध अन्तरराष्ट्रिय कल बाइपासमा संलग्न सात चिनियाँ पक्राउ

काठमाडौं – अवैध अन्तरराष्ट्रिय कल बाइपासमा प्रयोग गरिएका उपकरणसहित सात

बुधबारदेखि राष्ट्रिय लिग फुटबल सुरु हुँदै

काठमाडौं – अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को आयोजनामा बुधबारदेखि काठमाडौंमा

विशेष महाधिवेशनबाट पार्टी झनै बलियो हुन्छ : महामन्त्री शर्मा

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनबाट पार्टी

शेयर कारोबारी अग्रवाल एमालेमा प्रवेश गर्दै

काठमाडौं – नेपाली शेयर कारोबारी दीपेन्द्र अग्रवाल नेपाल कम्युनिष्ट पार्टी