विपद् व्यवस्थापनमा छुटाइएको रकम शतप्रतिशत सदुपयोग हुनुपर्छ : गृहमन्त्री | Khabarhub Khabarhub

विपद् व्यवस्थापनमा छुटाइएको रकम शतप्रतिशत सदुपयोग हुनुपर्छ : गृहमन्त्री


१७ भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- गृहमन्त्री बालकृष्ण खाँणले विपद् व्यवस्थापनका सन्दर्भमा छुटाइएको रकम शतप्रतिशत सदुपयोग हुनुपर्ने बताएका छन्।

शुक्रबार सिंहदरबारमा बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकमा गृहमन्त्री खाँणले आर्थिक पद्धति र प्रक्रिया तथा प्रचलित कानुनअनुसार रकम खर्च गर्नुपर्ने बताएका हुन्। विपद् व्यवस्थापनका लागि रकमको अभाव हुने र भएका रकम पनि समयमा नै खर्च गर्न नसक्ने प्रवृत्तिलाई अन्त्य गर्नुपर्ने उनले बताए।

उनले गत वर्ष विभिन्न भूभागमा बाढी र पहिरोले क्षति गरेको र यस वर्ष पनि केही भूभागमा क्षति पुगेकाले केन्द्रले नै समन्वयन गर्नुपर्ने धारणा राखे। सरकारको व्यवस्थापन कोष भए पनि स्थानीय तहमा प्राविधिक जनशक्ति व्यवस्थापन भई नसकेकाले अन्य निकायसँग समन्वय गर्नुपर्ने अवस्था रहेको उनको भनाइ छ।

बैठकमा पाँचथर, उदयपुर, गोरखा, डडेलधुरा, बझाङ्ग लगायत अन्य जिल्लामा मनसुनजन्य विपद्वाट क्षतिग्रस्त भएका अत्यावश्यक संरचनाहरूको तत्का पुन निर्माणका लागि विपद् व्यवस्थापन कोषको बजेट उपलब्ध गराउने सम्बन्धमा छलफल भएको थियो भने खोटाङ र लमजुङ जिल्लामा भूकम्पबाट क्षतिग्रस्त भएका निजी आवासहरूको पुन निर्माण सम्बन्धमा पनि छलफल भएको थियो ।

प्रकाशित मिति : १७ भाद्र २०७९, शुक्रबार  २ : ५९ बजे

विपद्लाई सम्बोधन गर्न नसकिए स्मार्ट सिटी हुँदैन : चिरीबाबु महर्जन

काठमाडौं– ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले विपदलाई सहज रुपम व्यवस्थापन

ओटीटीमा सार्वजनिक भयो फिल्म ‘प्रेम गीत-३’

काठमाडौं- वि.सं. २०७९ सालको दसैंमा नेपाली र हिन्दी भाषामा एक

अपर मुस्ताङमा बाढीले बगाइदियो चलचित्र ‘एक्लो’ को ४० लाखको सेट

काठमाडौं- चलचित्र ‘एक्लो’ को अपर मुस्ताङमा बनेको सेटलाई बाढीले क्षति

एसियन कप छनौटमा नेपाली यू-२० टिम उज्बेकिस्तानसँग ६-० ले पराजित

काठमाडौं– एएफसी यू-२० एसियन कप छनौटमा नेपाल उज्वेकिस्तानसँग पराजित भएको

गृहमन्त्रीले भने- अध्यागमन देशको ऐना हो, कर्मचारीको व्यवहार सुधारौँ

काठमाडौं- गृहमन्त्री रमेश लेखकले अध्यागमन कार्यालयको काम र कर्मचारीको व्यवहारलाई