वर्षकै उत्कृष्ट चार फोटो खिच्ने फोटोग्राफर ५० हजार रुपैयाँसहित सम्मानित « Khabarhub

फोटो कम्पिटिसन २०२२

वर्षकै उत्कृष्ट चार फोटो खिच्ने फोटोग्राफर ५० हजार रुपैयाँसहित सम्मानित

शे-फोक्सुन्डोको तस्बिर बन्यो यस वर्षको उत्कृष्ट फोटो


१७ भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : कर्णाली प्रदेशको डोल्पामा रहेको शे–फोक्सुन्डोको फोटोले यस वर्षको ‘फोटो अफ द इयर’को सम्मान पाएको छ । नेपाल पर्यटन बोर्डको प्रर्वद्धन तथा अठोट नेपालको आयोजनामा ‘प्रिजेन्टिङ नेपाल फोटो कम्पिटिसन २०२२’ कार्यक्रमबाट डोल्पाको शे–फोक्सुन्डोको फोटो यस वर्षकै उत्कृष्ट भएको हो ।

काठमाण्डौमा सम्पन्न भएको छ । देशभरबाट ७ सय फोटोग्राफरबाट छानिएका २ हजार ७ सय फोटोबाट चार वटा फोटोलाई उत्कृष्ट चार विधाका फोटोका रुपमा छनोट गरिएको हो । यसरी छनोट हुने भएका चारमध्ये टासी आर. घलेको शे–फोक्सुण्डोको फोटो ‘फोटो अफ दि एअर’ छनोट भएको छ ।

चार उत्कृष्टमध्ये नेचर विधामा टासी आर. घलेको शे–फोक्सुण्डोको फोटो प्रथम, कल्चर विधामा राजन मर्हजनको कात्तिके नाच प्रथम, वाइल्ड लाइफ विधामा विनय रावलको चितुवाको फोटो तथा लाइफस्टाइल विधामा शुसिल कुमार श्रेष्ठको माटाको भाँडा बनाएको फोटो पुरस्कृत भएका हुन् ।

पुरस्कृत फोटो ग्राफरलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ तथा नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख प्रमुख डा. धनन्जय रेग्मीले नगद रु.५०- ५० हजार तथा सम्मानपत्रले सम्मान गरेका थिए ।

सो अवसरमा बोल्दै मन्त्री श्रेष्ठले नेपाल नेचर, कल्चर र एडभेन्चर हेरक हिसावले विश्वकै उत्कृष्ट गन्तव्य भएको बताउँदै यसको प्रर्वद्धनका लागि फोटो महत्वपूर्ण माध्यम भएको बताए । उनले नेपाललाई सदाबहार पर्यटकीय गन्तव्यका रुपमा प्रचार प्रसार गर्न सके यसबाट नेपालले ठूलो आर्थिक लाभ लिन सक्ने बताए ।

नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मीले बोर्डले नेपालको पर्यटन प्रर्वद्धनका लागि फोटोको प्रयोगलाई उच्च प्राथमिकतामा राखेको बताउँदै विजयी फोटोग्राफरलाई बधाई ज्ञापन गरेका थिए ।

फोटो छनोटको लागि पर्यटन बोर्डका वरिष्ठ निर्देशक नन्दिनी लाहे थापा, नविल बैंकका डिजीएम मनोज ज्ञवाली, पत्रकार राजेन्द्र बानिया र फोटोपत्रकार भरतबन्धु थापा सम्मिलित निर्यायक समिति गठन गरिएको थियो । कार्यक्रमको सञ्चालन पत्रकार रवीन्द्र सुवेदीले गरेका थिए ।

यस्तै बोर्डमा उत्कृष्ट फोटो सहित छनोटमा परेका अन्य फोटोहरुको समेत प्रदर्शनी गरिएको थियो ।

प्रकाशित मिति : १७ भाद्र २०७९, शुक्रबार  ६ : ४० बजे

सरकारले परिणाममुखी विकास कूटनीतिमा जोड दिएको छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले कूटनीतिले मुलुकको आर्थिक रूपान्तरणमा प्रत्यक्ष योगदान

राज्यका सबै निकायले आफ्नो स्वतन्त्रता गुमाइसके : कृष्ण सिटौला 

काठमाडौं– नेपाली कांग्रेसका नेता कृष्ण सिटौलाले राज्यका सबै निकायले आफ्नो

राष्ट्रिय प्रकृति संरक्षण कोषमा तीन विज्ञ सदस्य मनोनित

काठमाडौं– राष्ट्रिय प्रकृति संरक्षण कोषमा सरकारले तीन जना विज्ञ व्यक्तित्वहरूलाई

स्थानीय तहका समस्या समाधानमा संघ–प्रदेश समन्वय आवश्यक : मन्त्री रावल

काठमाडौं – स्थानीय तहमा देखिएका प्रशासनिक तथा व्यवस्थापकीय समस्या समाधानका

इरानद्वारा अमेरिकासँग तत्काल प्रत्यक्ष वार्ता अस्वीकार, सम्झौता कार्यान्वयनका लागि विशेषज्ञ टोली दोहा पठाइने

तेहरान-  इरानले अमेरिकासँग निकट भविष्यमा कुनै पनि स्तरमा प्रत्यक्ष वार्ता नहुने