शे फोक्सुण्डोमा जलवायु परिवर्तनबारे सन्देशमूलक पदयात्रा हुने | Khabarhub Khabarhub

शे फोक्सुण्डोमा जलवायु परिवर्तनबारे सन्देशमूलक पदयात्रा हुने


१८ भाद्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – जलवायु परिवर्तनले पारेको असर सम्बन्धमा नेपालका विभिन्न क्षेत्रका अगुवा महिलाद्वारा डोल्पाको शे फोक्सुण्डो क्षेत्रमा सन्देशमूलक पदयात्रा हुने भएको छ ।

शे फोक्सुण्डोमा आगामी अक्टोबर ८ देखि १४ तारिखसम्म हुने उक्त पदयात्रामा स्थानीय, प्रदेश र सङ्घीय सरकारको सहयोग रहेको आयोजक संस्था साथसाथै फाउण्डेसनले जानकारी दिएको छ ।

जलवायु परिवर्तन, सामाजिक विकास र महिला सशक्तीकरणका क्षेत्रमा सक्रिय फाउण्डेशनले आयोजना गर्ने उक्त पदयात्रापछि शे फोक्सुण्डो ताल संरक्षण, प्रकृतिमा आधारित पर्यटन विकास र जलवायु परिवर्तनले स्थानीय जनजीवनमा परेको प्रभावलगायत विषयमा अन्तर्क्रिया हुने साथसाथैका अध्यक्ष प्रजिता कार्कीले जानकारी दिइन् ।

फाउण्डेसनले जारी गरेको विज्ञप्तिअनुसार शे फोक्सुण्डोमा ‘हिमालबाट महिलाको आवाज, जलवायु न्यायका लागि महिला एकता र प्रकृतिमा आधारित पर्यटनको विकास’ शीर्षकमा विशेष अन्तर्क्रिया हुनेछ । जलवायु परिवर्तनले उच्च हिमाली क्षेत्रमा महिलाको जनजीवन र पर्यापर्यटनमा पारेको असरबारे ध्यानाकर्षण गराउन विभिन्न क्षेत्रका विज्ञ महिलासहित ६० जनाले पदयात्रा गर्ने भएका हुन् ।

अध्यक्ष कार्कीले जलवायु परिवर्तनले उच्च हिमाली क्षेत्रमा पारेको असर, स्थानीय महिलाको जनजीवनमा परेको समस्या र प्रकृतिमा आधारित पर्यटनको सम्भावनाको उजागर गर्न र त्यसको समाधानका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराउने उद्देश्यका साथ शे फुक्सुण्डो पदयात्राको तयारी गरेको जानकारी दिए।

‘यो यात्रा जलवायु परिवर्तनले प्रकृति, प्रकृतिमा आधारित पर्यटन र स्थानीयको जनजीवनमा पारेको प्रभावबारे बुझ्न, बहस गर्न र समस्या समाधनको उपाय खोज्ने यात्रा हो’, उनले भने, ‘हामी घर, घरमा बसेर, आ–आफ्नो पेसा व्यवसाय अँगालेर बसेका नारी जलवायु परिवर्तन र जलवायु न्यायको मुद्दामा तथा महिलाको जनजीवनमा परेको अप्ठ्याराको विषयमा हिँड्दै समस्या सुन्दै, सुनाउँदै अघि बढिरहेका छौँ ।’

एक साता लामो हुने पदयात्रामा समाजका विभिन्न क्षेत्रका अगुवा महिलाका साथै सङ्घीय, प्रदेश र स्थानीय सरकारका विभिन्न तहका सम्बद्ध अधिकारी, कूटनीतिक नियोगका प्रमुख र प्रतिनिधि, सञ्चारकर्मीसहितको सहभागिता हुनेछ ।

शे फोक्सुण्डो पदयात्रामा तराई मधेससहित विभिन्न प्रदेशबाट प्रतिनिधिमूलक रुपमा सांसद, प्रदेशसभा सदस्य र स्थानीय जनप्रतिनिधि, डोल्पाका स्थानीय र सरोकारवाला पक्षसमेत सहभागी भई शे फोक्सुण्डो घोषणापत्र जारी गर्ने कार्यक्रम छ । कार्यक्रममा नेपाल सरकारको वन तथा वातावरण मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, कर्णाली प्रदेश सरकार, फोक्सुण्डो गाउँपालिका र विभिन्न अन्तर्राष्ट्रिय सङ्घसंस्थासँग सहकार्य हुने आयोजकले जानकारी दिएको छ ।

‘कार्बन उत्सर्जनमा नगन्य योगदान भए पनि जलवायु परिवर्तनले नेपालको प्रकृति र सामाजिक जीवनमा देखिएका समस्या विश्वलाई सुनाउन चाहन्छौँ । नेपाल सरकार र सम्बद्ध निकायसँग सहकार्य गर्न चाहन्छौँ’, अध्यक्ष कार्कीले भने, ‘नेपाल प्राकृतिकरुपमा धेरै सुन्दर र सम्पन्न छ तर हामीले यसको दिगो उपयोग गरेर उचित लाभ लिन सकेका छैनौँ ।’

पछिल्ला वर्षहरुमा नेपालमा मात्र होइन, जलवायु परिवर्तनको असर विश्वभर नै बढ्दो छ । हिमाल क्रमशः कालापत्थर हुँदैछन् । बाढी, पहिरो, अतिवृष्टि, अनावृष्टि, बेमौसमी वर्षाले ठूलो धनजनको क्षति हुन थालेको छ । खानेपानीका मुहान सुक्न थालेका छन् । तराई मधेसमा कृषि उब्जनीमा समस्या देखिएको छ । पहाडमा बेग्लाबेग्लै समस्या थपिएका छन् । नेपाल सरकारले त्यसलाई रोकथाम गर्न, जलवायु अनुकूलनका विभिन्न कार्यक्रम पनि ल्याएको छ । त्यसको प्रभावकारी कार्यान्वयनमा सबै साथसाथै जुट्नुपर्ने आवश्यकता छ ।

यसै सन्दर्भमा कालापत्थर अभियानकै निरन्तरतास्वरुप हुन लागेको यस पदयात्रासहितको विशेष कार्यक्रम जलवायू परिवर्तनले प्रकृति, प्रकृतिमा आधारित स्थानीय पर्यटन र जनजीवनमा पारेको प्रभावबारे बुझ्न, बहस गर्न र समस्या समाधनको उपाय खोज्ने यात्रा हुने आयोजकको दाबी छ ।

साथसाथै फाउण्डेशनले गत मार्च ८ मा विश्वको सर्वोच्च शिखर सगरमाथाको कालापत्थरमा अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा १४ दिने पदयात्रा सम्पन्न गरेको थियो । सो पदयात्रामा समाजका विभिन्न क्षेत्रका ४० प्रतिष्ठित अगुवा महिला सोलुखम्बुको लुक्लादेखि सगरमाथाको कालापत्थर क्षेत्रसम्म पैदल यात्रामार्फत पुगेर कालापत्थरमा जलवायु परिवर्तनसम्बन्धी १० बुँदे विशेष घोषणापत्र जारी गरिएको थियो ।

घोषणापत्र कार्यान्वयनका लागि सातै प्रदेशका विभिन्न स्थानमा यस किसिमका कार्यक्रम तथा अभियान यसअघि सम्पन्न गरिसकेको आयोजकले जनाएको छ ।

प्रकाशित मिति : १८ भाद्र २०७९, शनिबार  ९ : ३४ बजे

कोशीमा नयाँ सरकार गठनको आह्वान

काठमाडौं – कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ सरकार

सबैखाले विपद्बाट क्षति भएका घरको पुनःनिर्माण गर्न सरकारले अनुदान दिने

ललितपुर – अबदेखि सबैखाले विपद्बाट क्षति भएका घरको पुनःनिर्माणका लागि

महाकाली नदीको टापुमा ट्र्याक्टरसहित थुनिए मजदुर

कञ्चनपुर – कञ्चनपुरको महाकाली नदीमा नदीको बहाव बढेपछि नदीजन्य पदार्थ

राति मेघगर्जन, चट्याङ्ग र हावाहुरी सहित वर्षाको सम्भावना

काठमाडौं – हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको

लेखन कुञ्जद्वारा समाजसेवी महिलालाई सम्मान

काठमाडौं- मातातीर्थ औँसी २०८१ का अवसरमा लेखन कुञ्जले समाजसेवी महिलालाई