पहिराले तनहुँको जामुने–खैरेनी सडक अवरुद्ध « Khabarhub

पहिराले तनहुँको जामुने–खैरेनी सडक अवरुद्ध


१९ भाद्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दमौली – शनिबार रातिदेखि परेको अविरल वर्षाका कारण पहिरो जाँदा पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको जामुने–खैरेनी सडक आज बिहानदेखि अवरुद्ध भएको छ । म्याग्दे गाउँपालिका–६ मौरीओडारमा पहिरो खसेपछि राजमार्ग दुईतर्फीरूपमा अवरुद्ध भएको हो ।

सडकमाथिबाट पहिरा खसेपछि जामुने–खरेनीटार सडक पूर्णरूपमा अवरुद्ध भएको प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए। पहिरो पन्छाउन प्रहरी टोली पुगिसकेको उनले बताए । ‘वर्षा भइरहेकाले केही समयमा पहिरो हटाएर राजमार्ग सञ्चालन गराउन प्रयास गरेका छौँ’, उनले भने ।

अविरल वर्षाका कारण खोला बढेपछि म्याग्दे –४ थर्पु बजारमा पनि राप्तीखोलाले बाटो अवरुद्ध बनाएको छ । सडकमाथिबाटै खोला बग्न थालेपछि सडक अवरुद्ध भएको स्थानीयवासी भीमलाल श्रेष्ठले सुनाए । पृथ्वीराजमार्गको अन्य ठाउँमा भने वर्षाका कारण बाटो अवरुद्ध नरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १९ भाद्र २०७९, आइतबार  ९ : २४ बजे

महेश बस्नेतकी श्रीमतीको हमलामा परेकी शोभा पाठकलाई उपचारका लागि ट्रमा सेन्टर लगियो

काठमाडौं- नेकपा एमालेका सचिव महेश बस्नेतकी श्रीमती अम्बिका बस्नेतको हमलामा

इजरायलमा नेतन्याहूलाई कडा चुनौती: दुई पूर्वप्रधानमन्त्री मिलेर घोषणा गरे नयाँ पार्टी

तेलअभिभ- इजरायलमा आगामी अक्टोबर २०२६ मा हुने आमचुनावलाई लक्षित गर्दै

बस्ती हटाइएका स्थानमा संरक्षणको काम थाल्न निर्देशन

काठमाडौं– काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले सुकुम्बासी बस्ती हटाएर

काठमाडौं उपत्यकाको वायु गुणस्तर सुधारोन्मुख

काठमाडौं– गत साता तीव्र रूपमा वृद्धि हुन थालेको काठमाडौं उपत्यकाको

आङ्देम्बेलाई संसदीय दलको नेता बनाउने कांग्रेसको निर्णय

काठमाडौं- लामो रस्साकस्सीपछि नेपाली कांग्रेसले संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बेलाई