सुन्दर हिमाल र सुर्योदयको अनुपम दृश्य देखिने पुनहिल (फोटो फिचर) « Khabarhub

सुन्दर हिमाल र सुर्योदयको अनुपम दृश्य देखिने पुनहिल (फोटो फिचर)


११ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अन्नपूर्ण क्षेत्रको पुनहिलबाट उच्च हिमश्रृङ्खलाको पृष्ठभूमिमा सूर्योदय र सूर्यास्तको उत्कृष्ट दृश्य देख्न सकिन्छ । पुनहिलबाट अन्नपूर्ण र धौलागिरी हिमालको सुन्दर तस्वीर खिच्न सकिने भएकाले पुनहिललाई फोटोग्राफरका लागि स्वर्ग नै मानिन्छ ।

पुनहिलबाट अन्नपूर्ण दक्षिण, अन्नपूर्ण प्रथम, अन्नपूर्ण द्वितीय, तृतीय तथा चौथो, धौलागिरी, लमजुङ हिमाल, गंगापूर्ण र मनास्लु हिमश्रृङ्खलासहित अन्य हिमश्रृङ्खलाको सुन्दर दृश्यावलोकन गर्न सकिन्छ । यहाँबाट सूर्योदयको उत्तिकै सुन्दर दृश्य देख्न सकिन्छ ।

घान्द्रुकबाट देखिएको अन्नपूर्ण हिमालको दक्षिणी मोहडा

त्यसबाहेक पुनहिलको पदयात्रामा सुन्दर भूबनोट, गाउँहरु, धानखेत र गुरुङ मगर जातिको सांस्कृतिको अनुभव गर्न सकिन्छ । घोरेपानी र घान्द्रुक गाउँ अन्नपूर्ण क्षेत्रका सबैभन्दा ठूला गुरुङ बस्तीहरु हुन् । विभिन्न जातिका मानिसहरुको बसोबास रहेको अन्नपूर्ण क्षेत्रको पदयात्राबाट फरक अनुभव गर्न सकिन्छ ।

पुनहिलको पदयात्राबाट घोरेपानी, घान्द्रुक, तिखेढुङ्गा, लगायतका सांस्कृतिक रुपमा समृद्ध गाउँको अनुभव गर्न समेत सकिन्छ ।

पुनहिल टावर

पुनहिलबाट तिखुढुङ्गा (१५४० मिटर) सवारीबाट डेढ घण्टा, पदयात्रा ३/४ घण्टा

पोखराबाट नयाँपुल (१०५० मिटर) सम्मका लागि सवारी पाइन्छ । त्यसपछि तपाईंले तिखेढुङ्गासम्म पुराना गाउँ र हरिया हिमाल छिचोल्दै हिड्नुपर्ने हुन्छ ।

पुनहिलमा योगाभ्यास गर्दै पर्यटक

तिखेढुङ्गाबाट घोरेपानी (२७५०) मिटर पदयात्रा ६/७ घण्टा

उल्लेरी (२०७० मिटर) सम्म बाटोमा तपाईले उकालो छिचोल्नुपर्ने हुन्छ । बाटोमा तपाईंले स्थानीयहरुसँग अन्तक्र्रिया गर्न र उनीहरुको जीवनबारे जानकारी पाउन सकिन्छ ।

बाटोमा माछापुच्छ्रे (६९९७ मिटर), हिउँचुली (६४४१ मिटर) र अन्नपूर्ण दक्षिण (७२१९ मिटर) को सुन्दर दृश्य समेत देख्न सकिन्छ ।

तिखेढुङ्गा जाँदा बाटोमा पर्ने पुल

पुनहिल (३२१० मिटर) हुँदै घोरेपानीदेखि टाडापानी (२६५० मिटर) सम्म पदयात्रा ६/७ घण्टा

आजको दिन पुनहिल पुगेर टाडापानीका लागि यात्रा थालिन्छ । तपाईले विहानैको सूर्योदयको दृश्यावलोकानका लागि सबेरै पदयात्रा थाल्नुपर्ने हुन्छ । पुनहिलबाट हिमालको पृष्ठभूमिबाट सुन्दर सूर्योदय देख्न सकिन्छ ।

अन्नपूर्ण हिमालमाथिबाट झुल्केको सूर्योदयसँगै यहाँबाट अन्नपूर्ण र धौलागिरीका मनोरम दृश्य समेत देख्न सकिन्छ ।

घोरेपानी फर्केर त्यहाँ खाजा खान सकिन्छ । त्यहाँबाट टाडापानी (२६५० मिटर) का लागि यात्रा थाल्नुपर्ने हुन्छ । यो यात्रामा लालिगुराँस, बाँस र कटुसको बाक्लो जंगल पार गर्नुपर्ने हुन्छ ।

पुनहिलको बाटो

टाडापानीबाट घान्द्रुक (२००० मिटर)

विभिन्न जंगल, गाउँ र खोलाको पार गर्दै यो यात्रा अघि बढ्छ । ३ देखि ४ घण्टासम्मको निरन्तरको यात्रापछि घान्द्रुक नाम गरेको सुन्दर गुरुङ गाउँ पुग्न सकिन्छ ।

यो गाउँमा एक रातका लागि बास बस्न सकिन्छ । यहाँ गुरुङ जातिको संस्कृतिलाई नजिकबाट नियाल्न सकिन्छ ।

यहाँबाट अन्नपूर्ण दक्षिण, हिउँचुली, माछापुच्छ्रे र अरु धेरै हिमालको सुन्दर दृश्य पनि देख्न सकिन्छ ।

नयाँ पुलमा भेटिएका स्थानीय

घान्द्रुकबाट पोखरा पदयात्राबाट ३/४ घण्टा सवारीबाट २ घण्टा

बिहान खाजा खाएर नयाँपुलसम्मको ओरालो यात्रा शुरु गर्न सकिन्छ । नयाँपुलबाट सवारी चढेर सीधै पोखरा पुग्न सकिन्छ ।

प्रकाशित मिति : ११ असार २०७६, बुधबार  १२ : ४२ बजे

मौद्रिक नीतिले उच्च आर्थिक वृद्धि र स्थायित्वबीच सन्तुलन कायम गर्नुपर्छ : कार्यवाहक गभर्नर पण्डित

काठमाडौं- नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर तथा कार्यवाहक गभर्नर किरण

गुणस्तरहीन खाना बेच्ने होटल–रेस्टुरेन्टलाई गृह मन्त्रालयले हदैसम्मको कारबाही गर्ने

काठमाडौं- मुलुकमा सञ्चालित कतिपय होटल तथा रेस्टुरेन्टहरूमा खानाको गुणस्तर र

मौद्रिक नीतिले ब्याजदरभन्दा संरचनात्मक सुधारमा जोड दिनुपर्छ : बैंकिङ विज्ञ भट्टराई

काठमाडौं– बैंकिङ प्रणालीमा पर्याप्त तरलता, न्यून ब्याजदर र ऋण प्रवाह

वीर अस्पताल र ट्रमा सेन्टरमा सुलभ फार्मेसी सञ्चालन

काठमाडौं- स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको निर्देशनपछि वीर अस्पताल