सान्जेन जलविद्युतको आईपीओ भर्ने समय थप « Khabarhub

सान्जेन जलविद्युतको आईपीओ भर्ने समय थप


१९ भाद्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सान्जेन जलविद्युत कम्पनीको आईपीओमा अब ४ असोजसम्म आवेदन दिन सकिनेछ ।

कम्पनीले ५ भदौदेखि आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि आईपीओ बिक्री खुला गरेको थियो । कम्पनीले १ सय अंकित मूल्यमा ३६ लाख ५० हजार कित्ता सेयर निष्कासन गरेको हो ।

आयोजनाबाट अति प्रभावित क्षेत्र आमाछोदिङमो गाउँपालिका–५ चिलिमे र आयोजना निर्माण गर्ने प्रसारण लाइनबाट प्रभावित गोल्जुङका बासिन्दाले आवेदन दिन सक्नेछन् ।

सामान्य प्रभावित आमाछोदिङमो गाउँपालिकाका अन्य वडाहरू १, २, ३ तथा सामान्य प्रभावित बाँकी सम्पूर्ण जिल्लाका सबै बासिन्दाहरुले पनि आवेदन दिन सक्नेछन् । स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम ७०० कित्तासम्म आवेदन दिन सक्नेछन् ।

यो आईपीओमा नागरिक लगानी कोष बिक्री प्रबन्धक रहेको छ । यस्तै, सहनिष्कासन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल र एनएमबि क्यापिटल रहेका छन् ।

प्रकाशित मिति : १९ भाद्र २०७९, आइतबार  ११ : ५० बजे

सरकारलाई विपक्षीले भने- बाढीपीडितको धैर्य टुट्ने बेला भयो, विशेष समिति बनाऊँ

काठमाडौं– प्रतिनिधिसभामा प्रतिधित्व गर्ने विपक्षी दलहरूले विपद् व्यवस्थापन, राहत, उद्धार,

भोटेकोशी बाढी : जर्मनीको आठ मिलियन युरो सहायता

काठमाडौं– जर्मनीले रसुवाको भोटेकोशी बाढीपीडितको राहत, उद्धार तथा पुनःस्थापनाका लागि

बढ्दैछ महोत्तरीमा कोदोखेती

महोत्तरी– महोत्तरी जिल्लामा तीनरचार दशकयता निकै घटेको कोदाको खेती पछिल्लो

ओमानलाई ८७ रनले हराउँदै नेपाल फाइनलमा

काठमाडौं– मलेसियामा जारी एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपालले ओमानमाथि ८७

धर्म र पर्यटनलाई जोड्दै हेटौँडाको वनस्खण्डी मन्दिर

बागमती– हेटौँडा नगरपालिका–२ मा अवस्थित वनस्खण्डी मन्दिर यस क्षेत्रको प्रसिद्ध