आन्दोलनको कार्यक्रम स्थगित गरी निर्वाचनको तयारीमा लाग्न कर्मचारीलाई प्रधानमन्त्रीको आग्रह « Khabarhub

आन्दोलनको कार्यक्रम स्थगित गरी निर्वाचनको तयारीमा लाग्न कर्मचारीलाई प्रधानमन्त्रीको आग्रह


१९ भाद्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानमन्त्री शेर बहादुर देउवाले आन्दोलनका सम्पूर्ण कार्यक्रमहरू स्थगित गरी निर्वाचनको तयारीमा सरकारलाई सहयोग गर्न कर्मचारीहरूलाई आग्रह गरेका छन्।

नेपाल निजामती कर्मचारी युनियनले आइतबार काठमाडौँमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले संघ र प्रदेशको निर्वाचन नजिकिँदै गएको अवस्थामा यसको तयारीका लागि सरकारलाई सहयोग गर्न कर्मचारीसमक्ष आग्रह गरेका हुन्।

उनले कर्मचारीहरूको जायज माग सम्बोधन गर्दै छिटै संघीय निजामती ऐन ल्याउने प्रतिबद्धता जनाए । ऐनको सन्दर्भमा आएका सुझावहरूका बारेमा आफू जानकार रहेको भन्दै उनले ऐन अघि बढाउँदै कर्मचारीको मागका साथै समय सापेक्ष सुधारको बाटो अवलम्बन गरिने धारणा राखे। उनले स्थायी सरकारको रूपमा रहेको निजामती सेवा सरकारको राज्य सञ्चालनको नजिकको संयन्त्र भएको बताए।

त्यस्तै कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधानमा परिवर्तनीय दस्ताबेज भएको भन्दै कर्मचारीहरूको जायज मागलाई सम्बोधन हुने गरी ऐनलाई अन्तिम रूप दिनुपर्ने बताए।

प्रकाशित मिति : १९ भाद्र २०७९, आइतबार  २ : ५६ बजे

सातवटै प्रदेशमा एकैदिन अधिवेशन गर्दै राप्रपा

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सातवटै प्रदेशको अधिवेशनको तयारीमा जुटेको

पार्टीभित्रको बहस मिडियामा होइन, कमिटीमै गरौँ : महेश बस्नेत

काठमाडौं- नेकपा (एमाले) का सचिव महेश बस्नेतले पार्टीभित्रका असहमति र

न्यूयोर्क पुगे प्रधानमन्त्री शाह

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाह अमेरिकाको न्यूयोर्क पुगेका छन् । संयुक्त

अर्थमन्त्रीसँग वनमन्त्रीको भेट, रासायनिक मलको आपूर्तिबारे छलफल

काठमाडौं– कार्यवाहक प्रधानमन्त्री डा स्वर्णिम वाग्लेसँग कृषि, वन तथा पर्यावरणमन्त्री

पोखरा आइपुग्यो फ्लाइ दुबईको विमान, आजै यात्रु लिएर फर्कने 

काठमाडौं– फ्लाई दुबईले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान