प्रिमियर लिगमा ब्राइटनको सहज जित « Khabarhub

प्रिमियर लिगमा ब्राइटनको सहज जित


१९ भदौ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौा – इंग्लिस प्रिमियर लिगमा ब्राइटनले सहज जित निकालेको छ । घरेलु मैदान ब्राइटनले लेस्टर सिटीलाई ५–२ गोल अन्तरले पराजित गरेको हो ।

खेलको पहिलो मिनेटमै केलेची इहेनाचोले लेस्टरलाई सुरूवाती अग्रता दिलाए पनि हारबाट भने जोगाउन सकिनन् । १०औँ मिनेटमा लुक थोमसले आत्मधाती गोल गरेपछि ब्राइटन १–१ को बराबरीमा आयो । १५औँ मिनेटमा मोइजे काइसेडोले घरेलु टोलीलाई २–१ को अग्रता दिलाए ।

३३औँ मिनेटमा प्याटसन डाकाले लेस्टरलाई २–२ को बराबरीमा ल्याए । ६४औँ मिनेटमा लिआन्ड्रो ट्रोसार्डले ब्राइटनलाई ३–२ ले अघि बढाए।

७१औँ मिनेट र थप गरिएको समयमा म्याक एलिस्टरले गोल गरेपछि घरेलु टोलीले ५–२ को सहज जित निकाल्यो ।

जितसँगै ६ खेलमा १३ अंक जोडेको ब्राइटन चौथो स्थानमा उक्लिएको छ । लेस्टर भने ६ खेलबाट १ अंकका साथ अन्तिममा छ ।

प्रकाशित मिति : १९ भदौ २०७९, आइतबार  ९ : ५७ बजे

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा

चाडपर्वमा चोरी, ठगी र दुर्घटनाबाट जोगिन गण्डकी प्रदेश प्रहरीको अपिल

कास्की – गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले बडादसैँ लगायतका चाडपर्वका

दीपक-दीपाले आज छान्ने छन् करदाता उपहारका भाग्यशाली विजेता, १७ जनाले नगद पुरस्कार पाउने

काठमाडाैँ – आन्तरिक राजस्व विभागले सञ्चालन गरिरहेको ‘करदाता प्रोत्साहन उपहार

सुनकोशीमा जिप खस्दा तीन जनाको मृत्यु, तीन बेपत्ता र चार घाइते

काठमाडौँ– सिन्धुलीको फिक्कल–६ नागथानमा काठमाडौँबाट खोटाङतर्फ जाँदै गरेको को १

ला लिगा: फराकिलो जितमा बार्सिलोनाका लागि लामिनसहित पाँच खेलाडीले गरे गोल

काठमाडाैँ – स्पेनिस ला लिगाअन्तर्गत शनिबार राति भएको रोमाञ्चक खेलमा