आर्सनलविरुद्ध युनाइटेडको जित « Khabarhub

आर्सनलविरुद्ध युनाइटेडको जित


१९ भाद्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले आर्सनललाई पराजित गरेको छ । आइतबार राती युनाइटेडको घरेलु मैदान ओल्ड ट्राफर्डमा भएको खेलमा युनाइटेडले आर्सनललाई ३–१ ले पराजित गरेको हो ।

युनाइटेडको जितमा एन्टोनीले खेलको ३५ औं मिनेटमा युनाइटेडलाई अग्रता दिलाएका थिए । दोस्रो हाफको ६० औं मिनेटमा आर्सनलले बराबरी गोल फर्कायो । तर ६ मिनेटपछि नै युनाइटेडले रासफर्डको गोलमा पुन अग्रता लियो ।

७५ औं मिनेटमा रासफर्डले व्यक्तिगत दोस्रो गोल गर्दै युनाइटेडको अग्रता दोब्बर पारे । क्रिस्टियन एरिक्सनले वन भर्सेस वनको स्थितिमा पेनाल्टी क्षेत्र भित्रबाट दिएको पासलाई उनले सहजै गोल गरे ।

यस जितसँगै युनाइटेडको ६ खेलमा १२ अंक भएको छ । आर्सनल भने हारका बाबजुद पनि अंक तालिकाको शीर्ष स्थानमा छ ।

प्रकाशित मिति : १९ भाद्र २०७९, आइतबार  ११ : ३४ बजे

अवैध लागुऔषधसहित विभिन्न स्थानबाट २७ जना पक्राउ

काठमाडौं – प्रहरीले अवैध लागुऔषधसहित मुलुकका विभिन्न स्थानबाट २७ जनालाई

चोटका कारण नन्दन यादवले लिग–२ सिरिजका बाँकी खेल गुमाउने

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका तीव्र गतिका बलर नन्दन

कांग्रेसको ‘अन्य राजनीतिक दल संवाद समिति’मा बराल र शर्मा मनोनीत

काठमाडौँ । कांग्रेसको ‘अन्य राजनीतिक दल संवाद समिति’मा दुई केन्द्रीय

प्रश्नपत्र ‘लिक’ प्रकरणमा पक्राउ परे कैलालीका सन्दीप सिंह

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)को परीक्षाकै समयमा प्रश्नपत्र बाहिरिएको घटनामा

गोरखाको नारीघाटमा महिलाको शव फेला

गोरखा । गोरखा नगरपालिका–१४ स्थित नारीघाटमा एक महिलाको बेवारिसे शव