पाकिस्तानले लियो बदला, भारत पाँच विकेटले पराजित « Khabarhub

पाकिस्तानले लियो बदला, भारत पाँच विकेटले पराजित


१९ भाद्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । एसिया कप क्रिकेटको शीर्ष चार अन्तर्गतको खेलमा पाकिस्तानले भारतलाई हराएको छ । आइतबार राति दुबईमा भएको खेलमा पाकिस्तानले भारतविरुद्ध ५ विकेटको रोमाञ्चक जित निकालेको हो ।

भारतले दिएको १ सय ८२ रनको लक्ष्य पछ्याएको पाकिस्तानले १९ ओभर ५ बलमा ५ विकेट गुमाएर पूरा गर्यो ।पाकिस्तानका लागि मोहमद रिजवानले ७१ रनको अर्धशतकीय इनिङ खेले । यस्तै मोहमद नवाजले ४२ रन, फकर जमानले १५ तथा कप्तान बाबर आजम १४ रन बनाएर आउट भए।

भारतका भुवनेश्वर कुमार, हार्दिक पाण्डयले रबि बोस्नोई र युजभेन्द्र चाहलले १/१ विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ७ विकेट गुमाएर १ सय ८१ रन बनाएको थियो । भारतका लागि विराट कोहलीले ६० रनको अर्धशतकीय इनिङ खेले ।यस्तै कप्तान रोहित शर्मा र केएल राहुलले समान २८/२८ रन बनाए ।

पाकिस्तानका शादब खानले २ विकेट लिए । जितसँगै पाकिस्तानले भारतसँग समूह चरणमा व्यहोरेको हारको बदला लिएको छ ।

प्रकाशित मिति : १९ भाद्र २०७९, आइतबार  ११ : ४५ बजे

काठमाडौं- ३ बाट कुलमानको उम्मेदवारी दर्ता

काठमाडौं– उज्यालो नेपाल पार्टी (उनेपा) का अध्यक्ष कुलमान घिसिङले काठमाडौँ

पाँचथरमा कांग्रेस एकजुट, देउवा पक्षका आङ्देम्बेले सघाए थापा पक्षका केरुङलाई 

काठमाडौं– नेपाली कांग्रेसबाट पाँचथरमा नरेन्द्र कुमार केरुङलाई टिकट दिएको छ। 

महेश बस्नेतविरुद्ध शोभा पाठकको उम्मेदवारी 

काठमाडौं– नेपाल जनसेवा पार्टीबाट भक्तपुर-२ मा नेकपा एमालेका नेता महेशविरुद्ध

चीनको एक कारखानामा विस्फोट, नौ जनाको मृत्यु

एजेन्सी– उत्तरी चीनको एउटा  कारखानामा भएको विस्फोटमा ज्यान गुमाउनेको सङ्ख्या

प्रचण्डले रुकुम पूर्वबाट उम्मेदवारी दर्ता गरे

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले