भारतको फरेनिया बजार जान सर्वसाधारणलाई रोक, प्रहरीलाई छुट « Khabarhub

भारतको फरेनिया बजार जान सर्वसाधारणलाई रोक, प्रहरीलाई छुट


२० भाद्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

भैरहवा- रुपन्देहीको सीमा भारतको फरेनिया बजारमा लाग्ने हाटमा जान प्रहरीले नेपालीलाई राेक पनि प्रहरीहरू आफैँ भने जान छाडेका छैनन् । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले एक महिनादेखि नेपालीलाई उक्त बजार भर्न जाने राेके पनि प्रहरीहरू भने गाडीसहित सामान लिन जाने गरेका छन् ।

कोभिड, सुरक्षा चुनौती र राजश्व चुहावट राेक्न प्रशासनले सीमामा कडाइ गर्दै आएको जनाएको छ । जिल्ला प्रशासन कार्यालयमा बसेको राजश्व चुहावट नियन्त्रण समितिको बैठकले पनि बजार जान रोक लगाउने निर्णयलाई निरन्तरता दिएको थियो ।

बैठकले चोरीनिकासी तथा पैठारी नियन्त्रणका लागि भन्सार गस्तीलाई थप प्रभावकारी तुल्याउने, आन्तरिक राजश्व कार्यालयले बजार अनुगमनलाई चुस्त तथा तीव्र बनाउने, जिल्लास्थित सुरक्षा निकायहरूले भारतीय सीमा नाकाबाट हुनसक्ने चोरी पैठारीको उच्चजोखिम रहेका स्थानहरूमा प्रभावकारी रुपमा नियमित तथा आकस्मिक गस्ती परिचालन गर्ने रणनीति तयार गर्ने निर्णय गरेकाे थियो ।

भिडभाडलाई नियन्त्रण गर्न जिल्ला स्तरीय कोभिड संकट व्यवस्थापन केन्द्र डिसिसीएमसीको प्रस्तावमा प्रशासनले बजार जान रोक लगाउँदै आएको छ । मुख्य मार्गमा प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली बजार भर्न जाने सर्वसाधारणलाई सम्झाइबुझाई फर्काउने गरेपछि अधिकांश नेपाली उपभोक्ता भारतकाे बजारमा जान छाडेका छन् । तर, कतिपयले भने खुला सीमाकाे फाइदा उठाउँदै खेत बारीको बाटो हुँदै जाने गरेका छन् । सर्वसाधारणलाई यस्तो  कडाइ गरेको सुरक्षा निकाय आफै भने गाडीसहित बजार जानुले प्रहरीको आलोचना भइरहेको छ ।

प्रजिअको निर्देशनलाई उल्लङ्घन गर्दै नेपाल प्रहरीले बजारमै गाडीसहित बजार भर्न गएको छ । निलो रंगको सुरक्षाकर्मीको गाडीमा बजारका सामान लोड गर्दै गरेको तस्बिर सार्वजनिक भएको छ । नेपाल प्रहरीका एक सुरक्षाकर्मी गाडी नजिकै छन् भने गाडीमा एक जनाले समान लोड गर्दै गरेका छन्, लोड गर्ने व्यक्ति प्रहरी हुन वा गैरप्रहरी त्यो भने खुलेको छैन ।

सुरक्षाकर्मीले उपभोग गर्ने वस्तुको बिल भरपाईसहित फर्छाैट हुने गर्छ । तर, यो बजारमा खरिद भएको वस्तुको न त बिल हुन्छ, बिल भए पनि भारतीय बिलको भरपाई सम्बन्धित निकायमा हुँदैन । नेपाल प्रहरीले यस विषयमा बुझेर मात्रै प्रतिक्रिया दिने जनाएको छ । गाडी कुन युनिटको हो यसबारे प्रहरीले खोल्न चाहेन ।

बजार बन्द गर्नुपर्छ भनेर नेपाली उद्योगी व्यवसायीहरूले पनि आवाज उठाउँदै आएका छन् । व्यपारीहररूले यही बजारको बाटो भएर तस्करी पनि मौलाएको आरोप लगाउँदै आएका छन्।

प्रकाशित मिति : २० भाद्र २०७९, सोमबार  ३ : १० बजे

प्रशिक्षकसँगको विवादपछि राष्ट्रिय टोलीमा रोनाल्डोको भविष्य अनिश्चित

काठमाडाैं – प्रशिक्षक जर्ज जेससले बिहीबार डेनमार्कविरुद्धको खेलमा पोर्चुगलका सुपरस्टार

कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशन : तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस संस्थापन इतर समूहको १५औँ महाधिवेशनअन्तर्गत देशभर

बाँध भत्किएपछि जलेश्वर जलमग्न

महोत्तरी – बलवा नगरपालिकाको वन्चौरी र महोत्तरी गाउँपालिकाको गोरिगमा तथा

बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल

काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप

दीपेन्द्रसिंह ऐरी आईएल टी–२० अक्सनमा अन्सोल्ड

काठमाडौं – नेपाली राष्ट्रिय टी–२० आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह