नेप्से परिसूचकको ओरालो यात्रा जारी, कारोबार रकम अर्ब पनि पुगेन « Khabarhub

नेप्से परिसूचकको ओरालो यात्रा जारी, कारोबार रकम अर्ब पनि पुगेन


२० भाद्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक चार दशमलव २९ अङ्कले ओरालो लागेर एक हजार नौ सय ७३ दशमलव शून्य एकमा पुगेको छ ।

यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ८२ अङ्कले ओरालो लागेर तीन सय ८२ दशमलव ९५ मा ओर्लेको छ । कूल दुई सय २४ कम्पनीको २४ लाख ४४ हजार तीन हजार ४४ कित्ता शेयर रु ९० करोड ९९ लाख चार हजार सात सय ५१ बराबर मूल्यमा खरिद बिक्री भएको छ ।

नेप्सेका अनुसार कारोबार भएका १३ उपसमूहमध्ये दुई उपसमूहको मात्रै शेयर मूल्य उकालो लागेको छ भने ११ उपसमूहको शेयर मूल्यमा गिरावट आएको छ । उत्पादन एक दशमलव ८७ र लघुवित्त दुई दशमलव पाँच अङ्कले उकालो लागेको छ ।

बैंकिङ एक दशमलव ३९, व्यापार आठ, होटल तथा पर्यटन आठ दशमलव शून्य पाँच, विकास बैंक १० दशमलव ८३, जलविद्युत् छ दशमलव एक, वित्त नौ दशमलव ८८, निर्जीवन बीमा चार दशमलव ३७, अन्य १५ दशमलव २१, जीवन बीमा पाँच दशमलव शून्य छ, सामूहिक लगानी कोष शून्य दशमलव १३ र लगानी शून्य दशमलव ३२ अङ्कले ओरालो लागेको छ ।

सोमबारको कारोबारपछि बजार पुँजीकरण रु २८ खर्ब ३० अर्ब छ करोड ५५ लाख ७८ हजार तीन सय ७७ बराबर रहेको छ । नेप्सेका अनुसार कारोबारका आधारमा रिडी हाइड्रोपावर शीर्ष स्थानमा छ । सो कम्पनीको रु नौ करोड ९६ लाख ९४ हजार सात सय २१ बराबरको कारोबार भयो ।

यस्तै हिमालयन एभरेष्ट इन्स्योरेन्स रु चार करोड ५९ लाख ७८ हजार छ सय ६४, नवील बैंक रु चार करोड ५६ लाख ५५ हजार पाँचसय ८६, नेष्डो समृद्धि लघुवित्त रु दुई करोड ८५ लाख सात हजार पाँच सय ५१ र नेपाल दूरसञ्चार कम्पनी रु दुई करोड २३ लाख १७ हजार चार सय ६६ बराबरको कारोबार भई शीर्ष पाँच भित्र पर्न सफल भए ।

मैलुङ खोला जलविद्युत् कम्पनी सात दशमलव ४३, हिमालयन एभरेष्ट इन्स्योरेन्स तीन दशमलव ९३, रिडी हाइड्रोपावर तीन दशमलव २३, अप्पर सोलु खोला हाइड्रो दुई दशमलव ९२ र ग्रीन भेञ्चर्स लिमिटेडका लगानीकर्ताले दुई दशमलव ८७ प्रतिशतले कमाएका छन् । त्यस्तै रुरु जलविद्युत् परियोजना छ दशमलव ५५, आशा लघुवित्त तीन दशमलव ६६, जोशी हाइड्रोपावर तीन दशमलव शून्य चार, एनएमबी आइब्रिड फण्ड एक दुई दशमलव ७७ र ओरियन्टल होटलका लगानीकर्ताले दुई दशमलव ७४ प्रतिशतले गुमाएका छन् । –

प्रकाशित मिति : २० भाद्र २०७९, सोमबार  ४ : २८ बजे

सुनौलो परिवार नेपाल र रिलायन्स फाइनान्सबीच सहकार्य

काठमाडौं– यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी जनचेतना अभिवृद्धि तथा सेवाको पहुँच

राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने

काठमाडौं– नेपाल राष्ट्र बैङ्कले कर्मचारी सुरक्षण कोषमा रहेको एक अर्ब

प्रतिनिधिसभा निर्वान : देशभर १० हजार ९६७ मतदान स्थल कायम

काठमाडौं– आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौं– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज २०८२ साल पुस ५ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ५ गते शनिबार तदनुसार