शतप्रतिशतलाई भागवण्डा गर्न सकिँदैन– मन्त्री पण्डित « Khabarhub

शतप्रतिशतलाई भागवण्डा गर्न सकिँदैन– मन्त्री पण्डित


११ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले संघीय निजामति सेवाको पदपुर्तिका लागि शतप्रतिशतलाई भागवण्डा गर्न नसकिने बताएका छन् ।

संघीय संसद, प्रतिनिधिसभा अन्तर्गत राज्यव्यवस्था तथा सुशासन समितिको बुधबारको बैठकमा मन्त्री पण्डितले ५५ र ४५ प्रतिशतको आधार भित्रबाटै छलफल गरेर अघि बढ्नुपर्ने बताएका हुन् ।

संघीय निजामती सेवाको पदपूर्तिका क्रममा संंविधानले व्यवस्था गरे अनुसार समावेशी समानुपातिक प्रतिनिधित्व गराउनै पर्ने विषय धेरै संवेदनशिल विषय भएकाले तत्काल सश्रतिशतलाई भागवण्डा गर्न सक्ने अवस्था नरहेको उनको भनाइ थियो ।

प्रदेश र स्थानीय तहका एक एक पदलाई लिएर कुनै पनि धारणामा अडिक नरहन उनले सांसदहरुलाई आग्रह गरे । मन्त्री पण्डितले भने“यो बडो सेन्सेटिभ विषय पनि हो । अहिले सय मा सय प्रतिशतलाई भागवण्डा गरेर जन सकिने स्थिति छैन । ५५ र ४५ को भित्र व्यापक छलफल गरेर प्रतिशत निर्धारण गरेर सहमतिमा पुगन सक्यौ त्यत्ति राम्रो हुन्छ । धेरै यसमा वाद विवाद र धेरै तितो पिरो गरेर जानुपर्ने स्थिति छैन । यसमा धेरै रिजिट बन्नुपर्ने स्थिति पनि छैन । ”

संघीय निजामति सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको बुँदा ८ अन्र्तगत संघीय निजामती सेवाको पदपूतिको विषयमा समितिले विभागिय मन्त्रालयसंग छलफल गरेको हो ।

प्रकाशित मिति : ११ असार २०७६, बुधबार  २ : ३० बजे

चन्द्रमामा ठोकियो स्पेसएक्स रकेटको टुक्रा

काठमाडौँ । स्पेसएक्स ९ रकेटको खेर गएको माथिल्लो भाग बुधबार

नेपाल टेलिभिजन अनियमितता प्रकरणको छानबिन प्रतिवेदन पेस

काठमाडौँ : नेपाल टेलिभिजन (हाल सार्वजनिक सेवा प्रशारण संस्था) ले विगतका

साथीभाइले आलोचना गर्नुभएछ, अध्यक्षज्यूले तपाईं नै काम गर्नु भन्नुभयो : हिक्मत कार्की (अन्तर्वार्ता)

हिक्मतकुमार कार्कीले आफूलाई कोशी प्रदेशको मुख्यमन्त्रीबाट हटाउनुपर्ने भए एमाले सचिवालय

निम्स दाइको अन्त्यष्टि लण्डनमा गरिने

काठमाडौँ । पाकिस्तानको काराकोरम हिमश्रृङ्खलाअन्तर्गत ब्रड पिकको हिमपहिरोमा परी निधन

शेख हसिनाको घोषणा : डिसेम्बरमा बंगलादेश फर्किन्छु

काठमाडौँ । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आफू डिसेम्बरमा बंगलादेश फर्किने