प्रहरीद्वारा एक करोड बराबरको अवैध सामान बरामद « Khabarhub

प्रहरीद्वारा एक करोड बराबरको अवैध सामान बरामद


२१ भाद्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट-सुस्तापूर्व)ले एक करोड बराबरको अवैध सामग्री बरामद गरेको छ।

गोप्य सूचनाका आधारमा प्रहरीले सोमबार साँझ नवलपुरको कावासोती–१६ स्थित चालिस किलो जङ्गलमा गरेको सवारीसाधन जाँचका क्रममा अवैधरूपमा भित्र्याइएको सामान बरामद गरेको हो।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सन्तोष पाठकका अनुसार पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना ३ ख ५१६८ नंको ट्रकबाट एक करोड २६ हजार नौ सय ९० बराबरको अवैध सामग्री बरामद गरिएको हो।

उक्त ट्रकमा लुकाएर ल्याइएको बिलबिनाका लत्ताकपडा, चिनी तथा युरिया मल बरामद गरिएको उनले जानकारी दिए। बरामद सामान, ट्रक र ट्रकचालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अगाडि बढाइएको पाठकले जानकारी दिए ।

प्रकाशित मिति : २१ भाद्र २०७९, मंगलबार  ९ : ३५ बजे

म्याग्दीको भसभसेमा सडक भासिदा यातायात सञ्चालनमा समस्या

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–२ स्थित भसभसेको पहिरो म्याग्दी र मुस्ताङलाई

कांग्रेस उपसभापतिमा भण्डारी, आचार्य र चौधरी निर्वाचित, महामन्त्रीमा पौडेल र राणा विजयी

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना

आज नवरात्रको दोस्रो दिन, ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै

काठमाडौँ– नवरात्रको दोस्रो दिन आज दसैँ घर वा पूजा कोठामा

सोमबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

सोमबार भगवान शिवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २६ गते सोमबार सन् २०२६