इन्द्रजात्रामा सहभागी हुन विदेशी पाहुना आउने : काठमाडौँ महानगर « Khabarhub

इन्द्रजात्रामा सहभागी हुन विदेशी पाहुना आउने : काठमाडौँ महानगर


२२ भाद्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले काठमाडौँको ऐतिहासिक पर्व इन्द्रजात्राका अवसरमा भगिनी सम्बन्ध भएका विभिन्न देशका १८ नगर प्रमुखलाई जात्रा हेर्न निम्तो गरिएको छ ।

इन्द्रजात्राका सन्दर्भमा बुधबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै महानगरले चीन, जापान, अमेरिका, दक्षिण कोरिया, भारत लगायतका देशका भगिनी नगरहरूलाई जात्रा हेर्न निम्तो गरिएको जानकारी दिएको हो ।

पत्रकार सम्मेलनमा काठमाडौँ महानगरका प्रमुख बालेन्द्र शाहले नेपालमा आएका नगरप्रमुखले आफ्नो देशमा फर्किएपछि नेपालको संस्कृतिको प्रचार हुने भएकाले विदेशी पाहुनाहरूलाई बोलाइएको जानकारी दिए। उनले देशकै महत्त्वपूर्ण जात्रालाई भव्य रूपमा मनाइने भन्दै सम्पदा र संस्कृतिको जर्गेना गर्न सक्ने सांस्कृतिक पर्यटन भित्र्याउन सहज हुने विश्वास व्यक्त गरे।

त्यस्तै महानगरकी उपप्रमुख सुनिता डंगोलले इन्द्रजात्राका लागि भगिनी सम्बन्ध भएका देश र स्वदेशमा रहेका पालिकाहरूलाई निम्तो दिइसकेको बताइन्। काठमाडौँ महानगरपालिकाले इन्द्रजात्रालाई राष्ट्रिय र अन्तर्राष्ट्रियकरण गर्नुपर्ने उनको भनाइ छ ।

बुधबार हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठड्याइएपछि प्रारम्भ भएको जात्रा रथयात्रा र देवीदेवताको पूजाआजा गरी मनाइन्छ ।

प्रकाशित मिति : २२ भाद्र २०७९, बुधबार  २ : १६ बजे

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ

खारेज भए यी दल

काठमाडौं- निर्वाचन आयोगले ६ वटा राजनीतिक दलको दर्ता खारेज गरेको

कांग्रेस क्रियाशील सदस्यता वितरणमा सहजीकरणका लागि गगन थापाले गरे ४ बुँदे परिपत्र

काठमाडौं- नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशन नजिकिँदै गर्दा सहज र