पुटिनले अर्को हप्ता सी जिन्पिङसँग भेट गर्ने | Khabarhub Khabarhub

पुटिनले अर्को हप्ता सी जिन्पिङसँग भेट गर्ने


२२ भाद्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उनका चिनियाँ समकक्षी सी जिन्पिङबीच आगामी साता भेटवार्ता हुने भएको छ । दुई मुलुकका राष्ट्रपतिबीच आगामी साता मध्य एसियाली मुलुक उज्वेकिस्तानमा भेट हुने भएको हो ।

उज्वेकिस्तानको समरकन्दमा यही भदौ ३० र ३१ गते आयोजना हुने साङ्घाइ सहयोग सङ्गठन (एससीओ) शिखर सम्मेलनमा सहभागी हुने सिलसिलामा दुबै नेताबीच भेटवार्ता हुन लागेको हो ।

चीनका लागि रूसी राजदूत एन्ड्रे डेनिसोभले राष्ट्रपतिद्वयबीचको भेटवार्तालाई पुष्टि गर्दै नेताद्वयबीचको पूर्ण बैठक र त्यसको कार्यसूचीमा गम्भीर ढङ्गले काम भइरहेको बताएका छन् । उनले रूसी र चिनियाँ राष्ट्रपतिबीच द्विपक्षीय एवम् अन्तर्राष्ट्रिय चासोका विषयमा विचारविमर्श हुने बताए ।

कोभिड–१९ को महामारीपछि चिनियाँ राष्ट्रपति सीको यो पहिलो विदेश भ्रमण हुनेछ । यद्यपि मुख्यभूमि चीनबाट उनी गत असार १७ गते हङकङ पुगेका थिए ।

हङकङ चीनलाई हस्तान्तरण गरिएको २५ औँ वार्षिकोत्सव विशेष समारोह तथा उक्त औद्योगिक महानगरका प्रमुख कार्यकारीको शपथ कार्यक्रममा सहभागी हुन उनी त्यहाँ गएका हुन् ।

साङ्घाइ सहयोग सङ्गठनमा चीन, रुस, चार मध्य एसियाली देशहरु काजाखस्तान, किर्गिस्तान, उज्वेकिस्तान र ताजिकिस्तान तथा भारत र पाकिस्तान सदस्य छन् ।

युक्रेनमा सैन्य आक्रमण सुरु गरेपछि पश्चिमा राष्ट्रले रूसमाथि कडा प्रतिबन्ध लगाएका बेला रुसले एशियाली देशहरू, विशेष गरी चीनसँग सम्बन्ध सुदृढ गर्न खोजेको छ ।

चीनले युक्रेनमा रुसी आक्रमणको निन्दा गरेको छैन । यसअघि राष्ट्रपति पुटिन र सीबीच गत माघमा बेइजिङमा शीतकालीन ओलम्पिक खेलकुदका बेला भेटवार्ता भएको थियो ।

प्रकाशित मिति : २२ भाद्र २०७९, बुधबार  ४ : ५४ बजे

हल भिजिटमा पुगेका अनमोललाई प्रश्न : ‘जेरी अन टप’को पहिलो दिनको व्यापार करोड कट्छ ?

काठमाडौं – शुक्रबारबाट प्रदर्शनमा आएको नायक अनमोल केसी स्टारर फिल्म

एमाले बैठकस्थलमा युवाको नारा – ‘वी लभ यू केपी बा’

काठमाडौं– नेकपा एमालेको केन्द्रीय कमिटी बैठकस्थलमा अध्यक्ष केपी शर्मा ओलीका

एमालेको महाधिवेशन मंसिर २७ देखि पोखरामा, यस्ता छन् विभिन्न २२ प्रस्ताव

काठमाडौं– नेकपा एमालेले ११ औँ महाधिवेशन मंसिर २७ देखि २९

अपराजित रहँदै नेपालले जित्यो आईसीसी टि ट्वान्टी छनोटको उपाधि

काठमाडौं- सामोआविरुद्ध उत्कृष्ट जित निकाल्दै नेपालले आईसीसी टि ट्वान्टी विश्वकप