सर्वोच्च अदालत न्यायालय सुधारको अभियानमा जुटेको छ : कामु प्रधानन्यायाधीश कार्की « Khabarhub

सर्वोच्च अदालत न्यायालय सुधारको अभियानमा जुटेको छ : कामु प्रधानन्यायाधीश कार्की


२२ भाद्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कायमुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले सर्वोच्च अदालत न्यायालय सुधारको अभियानमा जुटेको बताएका छन् । उनले अब सेवाग्राहीलाई न्याय दिलाउने कुरामा ढिलाइ नहुने भन्दै सर्वोच्च सुधारको पक्षमा जुटेको बताएका हुन् ।

आज जिल्ला अदालत बझाङको भवन उद्घाटन कार्यक्रममा उनले न्यायमा ढिलाइ भए जनतास्तरमा गलत सन्देश जाने बताए । “अदालतमा एक दुई जना सेवाग्राही आउनुभएको हुन्छ”, उनले भने, “एक दुई जनालाई पनि हामीले ढिलाइ गरेर राख्यौँ, समयमा काम गरिदिएनौँ, मुद्दा मामिला ढिलाइ ग¥यौँ भने ती सेवाग्राहीले समाजमा गएर गलत सन्देश म्यासेज सम्प्रेषण गर्नुहुन्छ ।” त्यसले न्यायालयबारे गलत सन्देश जाने उनले बताए ।

“न्यायालयको बेवास्ताका कारण समाजले नै अदालतमा ढिलासुस्ती हुने रहेछ । अदालतमा त भनेको बेला काम नहुने रहेछ भन्ने गुनासो आउँछ । यस्ता सामान्य कुराले पनि समाजमा गलत सन्देश जान सक्छ”, कामु प्रधानन्यायाधीश कार्कीले भने ।

उनले अदालतमा आउने जो कसैलाई पनि झुलाउने प्रयास गर्न नहुने बताए । उनले कर्मचारी तथा मातहतका न्यायाधीशलाई भने, “सेवाग्राहीको समस्या बुझिदिनुहोस् । अदालतका कर्मचारी पनि कोठामा बसेर, कुर्सीमा बसेर मात्रै होइन, आउने सेवाग्राही आउनुहुन्छ, बाहिरै बस्नुहुन्छ । उहाँको समस्या बुझ्नुस् । आएकालाई पनि तपाईंको समस्या के हो भनेर सम्बोधन गरिदिनुहोस् । त्यसपछि मात्रै जनतालाई न्यायालय भएको आभाष गर्नुहुन्छ ।”

उनले मातहतका सबै न्यायालयमा जान नसकिने भन्दै सबैले आ–आफ्नो दायित्व पूरा गर्नुपर्ने बताए । “सबै ठाउँमा गएर सचेत गराउन सकिँदैन । सबैले आफ्नो दायित्व पूरा गरेमा जनताले राहत पाउनेछन् ।”

उनले तारिखका लागि एउटा पक्ष आउने र अर्को पक्ष नआएको थाहा पाए त्यसमा स्वार्थ भएको टिप्पणी गर्न सकिने बताए । “एक पक्ष आउने र अर्को पक्ष नआउँदा आएको पक्षले स्वार्थवश हामीलाई झुलाइरहेको छ भन्ने सोच्न सक्छ । उसलाई बुझाइ दिनुस् न । यो कारणले तपाईंको तारिख ढिला भएको हो भनेर ।” सामान्य कुरा भए पनि यस्ता कुरामा गम्भीर हुनुपर्ने उनको भनाइ थियो ।

प्रकाशित मिति : २२ भाद्र २०७९, बुधबार  ९ : ३८ बजे

६ करोड ५० लाख पाउन्डमा रोड्री बार्सिलोना जाने पक्का, चार वर्षको सम्झौता हुँदै

काठमाडौँ – स्पेनिस क्लब बार्सिलोनाले म्यानचेस्टर सिटीका कप्तान तथा स्पेनिस

संसद्का दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।

अस्ट्रेलियामा नेपाल ‘ए’ को परीक्षा: कुनकुन देशको टिमसँग हुँदैछ प्रतिस्पर्धा ?

काठमाडौँ – अस्ट्रेलियामा सञ्चालन हुने ‘टप एन्ड टी–२०’ सिरिजका लागि

आज नागपञ्चमी : घर-घरमा नागको पूजाआजा

काठमाडौँ – श्रावण शुक्ल पञ्चमीका अवसरमा सोमबार परम्पराअनुसार नागको पूजाअर्चना

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर