बेंसीशहर नगरपालिकालाई बालमैत्री नगरपालिका घोषणा गरिने | Khabarhub Khabarhub

बेंसीशहर नगरपालिकालाई बालमैत्री नगरपालिका घोषणा गरिने


२३ भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

लमजुङ- लमजुङको बेंसीशहर नगरपालिकालाई २०८२ भित्र बालमैत्री नगरपालिका घोषणा गर्न सरोकारवालाहरूले प्रतिबद्धता जनाएका छन् ।

नगरपालिकाका सरोकारवालाहरूले ‘बालअधिकार र बालमैत्री स्थानीय शासन प्रवर्द्धनमा ऐक्यबद्धता, बेंसीशहर नगरपालिकालाई बालमैत्री बनाउने हाम्रो प्रतिवद्धता, बालअधिकारको सम्मान र बालमैत्री स्थानीय शासनका लागि हामी प्रतिवद्ध छौं’ भनी १० बुँदै प्रतिवद्धता पत्रमा हस्ताक्षर गरेर प्रतिवद्धता गरेका छन् ।

ग्रामीण सामुदायिक विकास केन्द्र आरसीडीसी लमजुङ र वल्र्ड भिजनको सहयोगमा सञ्चालित बालअधिकार, बालमैत्री स्थानीय शासन तथा बालमैत्री आचारसंहिता निर्माण सम्बन्धि ३ दिने कार्यशाला गोष्ठीमा उनीहरुले प्रतिवद्धता जनाएका हुन् ।

बेंसीशहर नगरपालिकाका उपप्रमुख पद्मा गुरुङ, स्वास्थ्य शाखा, शिक्षा शाखाका प्रमुख, वडाध्यक्ष, कार्यपालिका सदस्य, प्रहरी, विद्यालयका शिक्षक, विद्यार्थी, अभिभावकहरुले हस्ताक्षर गरेका छन् ।

उनीहरुले बालमैत्री स्थानीय शासनको अवलम्बन, सूचकहरुको प्रभावकारी कार्यान्वयन गरी नगरपालिकालाई २०८२ सालभित्र बालमैत्री बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । वडागत घोषणा गर्दै तोकिएको समय सिमाभित्र बेंसीशहर नगरपालिकालाई बालमैत्री नगरपालिका बनाउने नगरपालिका उपप्रमुख पद्मा गुरुङले बताइन् ।

बालमैत्री वडा घोषणाका लागि नगरपालिका आवश्यक तयारी थालिसकेको बताए ।  नगरपालिका मात्र नभएर सबै तहबाट सबै लाग्न सकेमा अभियान सफल हुने उनको भनाइ छ ।

प्रकाशित मिति : २३ भाद्र २०७९, बिहीबार  १२ : ०५ बजे

चितवनमा रास्वपाको विस्तारित बैठक सुरु

काठमाडौं–  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको विस्तारित बैठक चितवनमा

जर्मनीका राजदुतले भेटे स्वास्थ्यमन्त्री : जेनेरिक औषधिको गुणस्तरीय उत्पादनबारे छलफल  

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्री डा.सुधा शर्मा गौतम र नेपालका

तोलामा ६ सय रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं–  स्थानीय बजारमा शुक्रबार सुनको मूल्य केही बढेको छ ।

बालबालिकालाई भिटामिन ‘ए’ आज पनि खुवाइँदै

काठमाडौं– स्वास्थ्य सेवा विभागको पोषण शाखाले आज पनि बालबालिकालाई राष्ट्रिय

वैकल्पिक राजनीतिक शक्तिका लागि संवादमा जुटे विप्लव, घनश्याम र जनार्दन

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’