अष्ट्रेलिया नजिकै रहेको टापु चिनियाँ खरिदकर्तालाई बिक्री गर्न मालिक तयार « Khabarhub

अष्ट्रेलिया नजिकै रहेको टापु चिनियाँ खरिदकर्तालाई बिक्री गर्न मालिक तयार


२३ भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


294
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अष्ट्रेलिया नजिकै रहेको एउटा सानो टापुक्षेत्र चिनियाँ खरिदकर्तालाई बिक्री गर्न आफू तयार रहेको उक्त टापुका मालिकले जनाएका छन् ।

अष्ट्रेलिया नजिकै रहेको पपुवा न्यु गिनीको कन्फ्लिक्ट आइल्याण्ड्स नामक टापुक्षेत्र खरिद गर्न अष्ट्रेलिया तयार नभएपछि आफूले चिनियाँ खरिदकर्ताहरुसँग छलफल अघि बढाएको उक्त टापुका मालिक इयान गोवरी स्मिथले जनाएका छन् ।

चीनलाई बिक्री गरिएको खण्डमा अष्ट्रेलियामाथिको सुरक्षा चुनौति अझै बढ्न सक्ने सम्भावनाबीच अष्ट्रेलियाले उक्त टापु खरिद गर्ने इच्छा नदेखाएको भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

रुसबाट प्रकाशित हुने रुसियन टाइम्सका अनुसार अष्ट्रेलियाका प्रधानमन्त्री एन्टोनी अल्बानिजले चीनलाई चुनौति दिन अष्ट्रेलियाले धेरै कामहरु गरिरहेको बताएपनि उक्त टापु भने खरिद नगर्ने जनाएका छन् ।

अष्ट्रेलियाका करदाताहरु उक्त टापु खरिद गर्न तयार नरहेको उनको भनाइ छ । मुँगाबाट बनेका विभिन्न स–साना २१ टापुहरु समावेश उक्त टापु क्षेत्र अष्ट्रेलियाको पूर्वी तटपारी पपुवा न्युगिनी र सोलोमन टापुनजिक रहेको बताइएको छ ।

यसअघि गत जुन महिनामा टापुका मालिक गोवरी स्मिथले अष्ट्रेलियाका तत्कालीन विदेशमन्त्री पेनी वङलाई ३ करोड ६० लाख अष्ट्रेलियन डलर अर्थात् २ करोड ५० लाख अमेरिकी डलरमा बिक्री गर्ने प्रस्ताव गरेका थिए ।

प्रकाशित मिति : २३ भाद्र २०७९, बिहीबार  ४ : ५७ बजे

टी-२० विश्वकप : अफगानिस्तानको कप्तान राशिद, को को छन् १५ खेलाडी ?

काठमाडौं – अफगानिस्तान क्रिकेट बोर्डले आईसीसी पुरुष टी-२० विश्वकप २०२६

मन्त्री खरेलबाट ज्यापू सङ्ग्रहालयको अवलोकन

ललितपुर– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले ललितपुरस्थित ज्यापु सङ्ग्रहालयको

मुस्ताङमा विदेशी पर्यटकको सङ्ख्या १८ प्रतिशतले वृद्धि

मुस्ताङ– धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा विदेशी पर्यटकको आगमन सङ्ख्या

नेपालमा आइसिसी टी-२० विश्वकपको ट्रफी टुर तीन दिनसम्म चल्ने

काठमाडौं – भारत र श्रीलङ्कामा आगामी फेब्रुअरी ७ देखि मार्च

फ्रान्समा १५ वर्षमुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध

पेरिस – फ्रान्समा बालबालिकालाई अत्यधिक स्क्रिन टाइमबाट जोगाउन नयाँ प्रयास