रिंगटा लागेपछि तुरुन्तै डाक्टरसँग परामर्श गर्नुपर्छ | Khabarhub Khabarhub

रिंगटा लागेपछि तुरुन्तै डाक्टरसँग परामर्श गर्नुपर्छ

‘ब्लड प्रेसर बढी भएका मानिसलाई चक्कर धेरै लाग्छ’



धेरैले रिंगटा लाग्नुलाई सामान्यरुपमा लिने गर्दछन् । तपाईंले पनि रिंगटालाई सामान्य रुपले लिने गर्नु भएको होला । तर, यो गम्भीर रोगको कारण पनि हुनसक्छ । त्यसैले रिंगटालाई हेलचेक्राइ गर्नुको सट्टा यसको बेलैमा उपचार र कारण पत्ता लगाउन आवश्यक हुन्छ । मानिसमा कुनै रोग लागेको छ भने त्यसको कारण रिंगटा लाग्छ । कुनै स्थानमा बसेर उठ्दा शरीर घुमाएको जस्तो हुने, बस्दा र हिँड्दा पनि शरीर घुमेको जस्तो हुने, आँखा धमिलो हुने, शरीर कमजोर जस्तो हुने लगायतका समस्या कुनै न कुनै रोगका लक्षण हुन् । यसै बारेमा जनरल फिजिसियन डा. प्रेम पाण्डेसँग खबरहबका लागि विना न्यौपानेले गरेको कुराकानीको सम्पादित अंशः

गर्मी बढेसँगै रिंगटा लाग्ने समस्या धेरै बढेको छ, त्यसलाई कसरी बुझ्ने ?
साधारण भाषामा हामी रिंगटा लाग्नु भन्छौँ । तर, धेरै कारणले रिंगटा चक्कर लागेको हुन सक्छ । हाम्रो शरिरमा कसैलाई प्रेसर हाई भएको कारणले पनि चक्कर लागेको हुन्छ । कसैलाई कान, आँखा सम्बन्धीको समस्याले पनि हुन सक्छ । कसैलाई चिन्ताले पनि चक्कर लाग्छ । कसैलाई घाँटीको हड्डी खिएर पनि लाग्छ । त्यसको लागि बिरामीलाई अगाडि लिएर जाँच गरेर मात्र के कारणले लागेको हो भनेर पत्ता लगाउन सकिन्छ ।

यो आफूलाई हुँदै छ भनेर पहिला नै थाहा पाउन सकिन्छ कि सकिदैन ?
पहिला नै त थाहा पाउन सकिदैन । तर, बेलाबेलामा चक्कर लाग्यो भने डाक्टरको परामर्श लिन सकिन्छ । पहिला त कारण पत्ता लगाउने यदि प्रेसरको कारणले हो भने जिवनजल, चिनिपानी ग्लुकोजपानी बनाएर खान सकिन्छ । अरु कारण हो भने अस्पताल नै जानु पर्दछ ।

कस्तो व्यक्तिमा यो समस्या धेरै देखा परेको छ ?
६० बर्ष माथिका मानिसमा कमजोरीका कारणले पनि धेरै देखा पर्दछ ।

गर्मीमा नै यो समस्या किन धेरै हुन्छ ?
जाडोमा कम र गर्मीमा धेरे भन्ने त छैन । तर, कुनै कुनै रोगहरु गर्मीमा अलि सक्रिय हुने हुनाले त्यो हुनसक्छ । गर्मीमा धेरै झाडापखाला लाग्ने हुनाले यो कमन देखिएको हो । जसको ब्लड प्रेसर कम छ, उनीहरुलाई यो समस्या हुन्छ ।

उपचार पश्चात पनि यो दोहोरीने हुन्छ ?
कुन रोगले गरेको हो त्यसको आधारमा भर पर्दछ । यदि बुढा बुढीको केसमा हेर्दा घाँटीमा हड्डी खिएको छ भने त्यसको उचित उपचार हुँदैन, त्यसलाई फिजियो थेरापीहरु गरेर उपचार गर्दा यो दोहोरीन सक्छ । कहिलेकाँही कानको सामस्या छ भने पनि दोहोरीन सक्छ ।

अस्पतालमा कसरी उपचार गरिन्छ ?
हामी पहिला के कारणले हो पत्ता लगाउछौँ । कान, नाकको कारणले हो भने सम्बन्धित डाक्टरहरु समक्ष पुर्याउछौँ । त्यहि अनुरुप उपचार गछौँ । कसैलाई प्रेसर भएर, कसैलाई सुगरको मात्रा बढी भएर, कसैलाई ग्याष्ट्रिकको कारणले पनि हुन्छ । कसैलाई चस्माको पावर मिलेन भने पनि चक्कर लाग्छ । त्यसैले पहिला त के कारणले चक्कर लाग्यो त्यो पत्ता लगाएर मात्र उपचार गर्न सकिन्छ ।

समस्या नहोस भनेर यो मौसममा के गर्ने ?
पानीमा नभिज्ने । मास्को प्रयोग गर्ने बाहिरका खाने कुराहरु नखाने र संकेत देखा पर्यो भने सम्बन्धित डाक्टरसँग परामर्श लिने गर्नुपर्छ ।

घरबाट निस्किदा के–के कुरामा ध्यान दिने त ?
घरबाट निस्किदा बाहिरको खानाहरु नखाने । धेरै चिल्लो पिरो खाना नखाने, घाममा हिड्दा छाताको प्रयोग गर्ने, चस्मा लगाउने गर्नुपर्दछ । घरबाट नै खाानाहरु प्याक गरेर लाने र  बाहिर खानै पर्यो भो हाईजेनिक मेन्टेन गरेको ठाउँमा गएर खाने । चिल्लो पिरो भएका खाने कुराहरु नखाने । प्याक गरेका बाहिरका खानेकुराहरु नखाने गर्नुपर्छ ।

यो मौसममा कस्तो पानी खाने ?
जारको पानी पनि अहिले राम्रो छैन । त्यसैले सकेमम्म तताएर खाने । यदि बाहिर जाँदा पनि बोतलमा बोकेर पानी पिउन सकिन्छ । अहिले पानीको कारणले फुड पोइजन सम्बन्धी धेरै समस्याहरु आएका छन् । त्यसैले शुद्ध पानी मात्र पिउने गर्नुपर्छ । चक्कर लाग्यो ढल्यो भने तुरुन्तै अस्पताल गएर उपचार गराउनु होला । पानी उमालेर मात्र खानुहोला । जथाभावी खाना नखानुहोला भन्न चाहन्छु ।

प्रकाशित मिति : २४ भाद्र २०७९, शुक्रबार  ६ : ५७ बजे

मोरङको सुन्दरहरैँचास्थित पञ्चायत मावि भवनको शिलान्यास

काठमाडौं– मोरङको सुन्दरहरैँचा नगरपालिकास्थित पञ्चायत माध्यमिक विद्यालयको विद्यालय भवन निर्माणको

एनसेल एपमार्फत अनलाइन रिचार्ज गर्दा बोनस डेटा पाइने

काठमाडौं– एनसेलका ग्राहकले एनसेल एपमार्फत अब प्रत्येक१०० रुपैयाँ र सो भन्दा

कैलालीमा बस र माइक्रोबस ठोक्किँदा १० जना घाइते 

धनगढी– कैलालीमा बस र माइक्रो बस एक आपसमा ठोक्किँदा भएको दुर्घटनामा

विराटनगर महानगरमा पनि एमाले संस्थापनलाई धक्का, ढकाल पक्षका गिरीसहित प्यानलै विजयी

विराटनगर- प्रमुख सत्तारुढ नेकपा एमाले विराटनगर महानगरपालिका कमिटीको निर्वाचनमा पनि

अमेरिकाद्वारा चिनियाँ जहाज लक्षित नयाँ बन्दरगाह शुल्कको घोषणा

वाशिङ्टन- संयुक्त राज्य अमेरिकाले घरेलु जहाज निर्माण उद्योगलाई बढावा दिन