ब्रोइलर कुखुराको भाउ बढ्यो, अब प्रतिकिलो १५ रुपैयाँ महँगो पर्ने | Khabarhub Khabarhub

ब्रोइलर कुखुराको भाउ बढ्यो, अब प्रतिकिलो १५ रुपैयाँ महँगो पर्ने


१३ मंसिर २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


753
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले ब्रोइलर कुखुराको भाउ एक महिनामै प्रतिकिलो १५ रुपैयाँसम्म बढाएको छ ।

जिउँदोमा प्रतिकिलो र १० र तयारी मासुमा प्रतिकिलो १५ रुपैयाँका दरले भाउ बढाइएको हो । भाउ बढाएसँगै संघले जिउँदो कुखुराको मूल्य प्रतिकेजी २३० र तयारी मासुको मूल्य प्रतिकेजी ३१५ रुपैयाँ निर्धारण गरेको छ ।

बजारमा भने जिउँदो कुखुरा र तयारी मासु दुबैको भाउ अहिले नै संघले तोकेभन्दा बढी छ । छाता संस्थाले नै भाउ बढाएपछि बजारमा ब्रोइलर कुखुराको मासुको मूल्य थप बढ्नेछ ।

जाडो बढेको र बिहेको लगन परेका महिनामा बढी खपत हुने हुँदा कुखुुराको भाउ वर्षेनी बढ्ने गर्छ । तर, चिसोका बेला उत्पादन भने घट्ने गर्छ ।

प्रकाशित मिति : १३ मंसिर २०८१, बिहीबार  ५ : ३३ बजे

टी–२० विश्वकपमा पुगेपछि रोहित भन्छन्- सपना देख्यौं, विश्वास गरेर पूरा गर्‍यौं

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोली लगातार दोस्रो पटक टी–२०

अनमोललाई प्रश्न : ‘जेरी अन टप’ले पहिलो पटक १० करोड ग्रस कलेक्सनको अनुभव गराउँछ ?

काठमाडौं – नायक अनमोल केसीलाई रुचाउने मेकरहरुले उनलाई ‘मेघा स्टार’को

कसरी उठ्ला अकल्पनीय विपद् झेलेको इलाम ?

काठमाडौं– पर्यटक लोभ्याउने देशकै पर्यटकीय जिल्ला इलाम अहिले पीडामा छ

दशैँ बक्स अफिसबारे अनमोल : उहाँहरुले दर्शकको आर्शिवाद पाउनुभयो

काठमाडौं – नायक अनमोल केसी दशैँमा प्रदर्शनमा आएका तीन फिल्म