बेलायतमा चार्ल्स तृतीयको शासन सुरु « Khabarhub

बेलायतमा चार्ल्स तृतीयको शासन सुरु


२४ भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


537
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बेलायती महारानी एलिजावेथको निधनपछि उनका जेठा छोरा चार्ल्स बेलायतका नयाँ राजा बनेका छन् । बीबीसीका अनुसार महारानीको निधन भएलगत्तै उनले राजगद्दी सम्हालेका हुन् ।

यद्यपि उनी राजा बनेको औपचारिक घोषणा भने शनिबार हुने अपेक्षा गरिएको बीबीसीले जनाएको छ ।

उनले चार्ल्स तृतीयको नामबाट शासन गर्ने जनाइएको छ । उनका चार नामहरु चार्ल्स फिलिप अर्थर जर्जमध्ये उनले कुनै पनि नाम चयन गर्न सक्ने भएपनि उनले आफ्नो नाम चार्ल्स नै रोजेको बीबीसीले जनाएको छ ।

उनी राजा भएसँगै उनकी धर्मपत्नी रानी कमिला ‘क्विन कन्सर्ट’ भएकी छिन् । यद्यपि उनलाई कुनै नयाँ पद नदिइएको बीबीसीले जनाएको छ ।

उनका छोरा राजकुमार विलियमले चार्ल्सको पद ‘ड्युक अफ क्रोनवाल’ र बुहारी केटले कमिलाको पद ‘डचेस अफ क्रोनवाल’ पाएका छन् ।

प्रकाशित मिति : २४ भाद्र २०७९, शुक्रबार  ४ : ०२ बजे

सडकको कुकुरदेखि ‘विश्व शान्तिको दूत’सम्म : अलोकाको असाधारण यात्रा

कुनै समय सडकमा भौँतारिने एउटा कुकुर आज हजारौँ मानिसको आकर्षण

भारतसँग ‘पाखुरा सुर्किनु’ राष्ट्रवाद होइन, जलस्रोत र कूटनीतिमा नयाँ फड्कोको खाँचो

विश्व भूराजनीतिमा आएको अभूतपूर्व रूपान्तरण, प्रविधिको चौतर्फी हस्तक्षेप र बदलिँदो

भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

चितवन– चितवनको भरतपुर विमानस्थल परिसर अस्तव्यस्त भएको गुनासो बढेपछि जिल्ला

म्याग्दी फर्सेका बाढीपीडितलाई छोएन दसैँको रौनकले

म्याग्दी– नेपालीको विशेष पर्व दसैँको रमझम सुरु भएको छ ।

कांग्रेस केन्द्रीय सदस्यमा गण्डकीबाट किरणबाबु अगाडि, युवा खुलामा सुवासको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको