लगानीका लागि निजी क्षेत्रलाई सहयोग गर्न सरकार तयार « Khabarhub

लगानीका लागि निजी क्षेत्रलाई सहयोग गर्न सरकार तयार


२४ भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेपाल सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले लगानीका लागि निजी क्षेत्रलाई सहयोग गर्न नीतिगत, कानुनी र प्रक्रियागत सुधार गर्न नेपाल सरकार तत्पर रहेको बताएका छन् ।

नेपाल उद्योग परिसङ्घद्वारा आयोजित पूर्वाधार सम्मेलनको समापन समारोहमा आज उनले हाल अपनाइ आएको आर्थिक नीतिले सरकारलाई आधारभूत पूर्वाधार तयार गर्न र निजी क्षेत्रलाई त्यसको जगमा रहेर पूर्वाधार विस्तार, उत्पादन र सेवा प्रवाहमा जोड दिन मार्गदर्शन गरेको उल्लेख गरे ।

मन्त्री कार्कीले भने, ‘आवधिक योजनाले आँकलन गरेअनुसार पनि नेपालको कूल लगानीको करिब ६० प्रतिशत निजी क्षेत्रबाट नै हुनेछ । तसर्थ पूर्वाधार विस्तार र उत्पादन वृद्धिमा निजी क्षेत्रको महत्वपूर्ण भूमिकालाई सहजीकरण र उत्प्रेरित गर्न सरकार आफ्ना उपकरणको दक्षतापूर्ण उपयोग गर्न तयार छ ।’

प्रकाशित मिति : २४ भाद्र २०७९, शुक्रबार  १० : १० बजे

एमालेले महाधिवेशनमा विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आसन्न ११औँ राष्ट्रिय महाधिवेशनमा नेतृत्व

मलामी गएका युवक महाकालीमा बेपत्ता

कञ्चनपुर– महाकाली नदीमा आज दिउँसो एक युवक बेपत्ता भएका छन्

म्याक्रोन–सी भेटवार्तामा शान्ति र व्यापार सन्तुलनमुखी आग्रह

बेइजिङ– फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोन र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच

वसन्तपुरमा योमरी पुन्हीको रौनक (तस्बिरहरू)

काठमाडौं– मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन अर्थात्, आज धानको विधिपूर्वक पूजाआजा

काठमाडौंविरुद्ध पोखराले गुमायो दुई विकेट

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गतको बिहीबारको