दार्चुलामा बाढीले एक जनाको मृत्यु : झोलुङ्गे पुल बगायो « Khabarhub

दार्चुलामा बाढीले एक जनाको मृत्यु : झोलुङ्गे पुल बगायो


२५ भाद्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

दार्चुला – शुक्रबार रातिदेखि परेको अविरल वर्षाले जिल्लाको सदरमुकामस्थित खलङ्गाको बंगाबगड क्षेत्रमा धनजनको क्षति पुर्याएको छ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी प्रहरी सहायक निरीक्षक लोकेन्द्रबहादुर चन्दका अनुसार करिब डेढ दर्जन घर बग्नुका साथै छ जना बेपत्ता भएका छन्। एकको शव फेला परेको छ।

जिल्लाको महाकाली नगरपालिका–३ डुङ्गरी क्षेत्रमा एकै घरका चार जना धनसिंह, मानमती, दीपक, दिनेश कार्की बेपत्ता भएका छन्। जिल्लाको नौगाड गाउँपालिकामा ३५ वर्षीय चिमणे ठगुन्नाको मृत्यु भएको र एक जना बेपत्ता हुनुका साथै दुई जना गम्भीर घाइते भएका छन्। घाइते हुनेमा नौगाड गापाका कासी ठगुन्ना र रम्बा ठगुन्ना रहेका छन्।

घाइतेलाई उपचारको लागि हेलिकोप्टरमार्फत् लैजाने व्यवस्थापन गरिएको प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताउनुभयो। उक्त जोखिम क्षेत्रमा सुरक्षाकर्मीले राति नै मान्छे अन्यत्र सारेको छ।

बाढीले दर्जनौ घर बगाउनुका साथै लास्को खोलाको झोलुङ्गे पुल पनि बगाएको छ। जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार रातिदेखि अहिलेसम्म उद्धार कार्य जारी नै रहेकाले क्षतिको पूरै विवरण प्राप्त हुन बाँकी रहेको छ।

त्यस्तै महाकाली नगरपालिका–३ लास्को खोलाले रोकेर राखेका सातवटा गाडीसमेत बगाएको छ। घटनास्थल क्षेत्रमा उद्धारकार्यका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी र स्थानीय खटिएका छन्। शुक्रबार रातिदेखि परेको अविरल बर्षाले दार्चुला तिङ्कर सडकमा पर्ने लास्कुखोला माथिको झोलुङ्गे र मोटर पुलसमेत बगाएको छ।

बिहानदेखि पानी पर्न छोडे पनि उक्त क्षेत्रमा नदीले अझै कटान गरिरहेको छ। जिल्ला प्रशासन कार्यालय दार्चुलाले सबैलाई सुरक्षित स्थानमा बस्न आग्रह गरेको छ।

प्रकाशित मिति : २५ भाद्र २०७९, शनिबार  ९ : ५२ बजे

मुआब्जा दिएर मात्र सडक विस्तार गर्नुपर्नेमा अध्यक्ष थापाको जोड

बागमती– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)नेपालका अध्यक्ष कमल थापाले नियमानुसार मुआब्जा

आजका समाचार : कुलमानमाथि खनिए जेन-जी, एमालेको रिटमा सर्वोच्चले कारण सोध्यो, मधेशमा सरकार गठनको आह्वान र लुम्बिनीसँग विराटनगर पराजित

प्रधानमन्त्रीको टिप्पणी : अख्तियारले रफ्तार बढायो, ठूला भ्रष्टाचारमा शक्तिशालीहरू समातिन

श्रम संस्कृति पार्टी कुनै पनि दलसँग गठबन्धन गर्दैन : अध्यक्ष साम्पाङ

धरान– श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज

तनहुँमा सात जना एचआइभी सङ्क्रमित थपिए, एक जनाको मृत्यु

दमौली – तनहुँमा ४५० जना एड्स सङ्क्रमित रहेका छन् ।

विष्णु पौडेल ओलीतिर खुलेपछि कसरी होला शंकरको व्यवस्थापन ?

काठमाडौं- नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले अध्यक्ष केपी शर्मा ओलीको