'ओली नेतृत्वको सरकारका कारण संघीयतामाथि नै प्रश्न उठिरहेको छ' | Khabarhub Khabarhub

‘ओली नेतृत्वको सरकारका कारण संघीयतामाथि नै प्रश्न उठिरहेको छ’


२५ भाद्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका कारण संघीयतामाथि नै प्रश्न उठिरहेको आरोप लगाएका छन् ।

शनिबार काठमाडौँ महानगरपालिका वडा नं १० मा निर्माण सम्पन्न भएकाे कुमाले धारा तथा पार्क उद्घाटन कार्यक्रममा  बोल्दै उनले ओली नेतृत्वको सरकारले समयमा कानुन बनाएर दिनुपर्ने अधिकार नदिएका कारण स्थानीय र प्रदेश सरकारमाथि प्रश्न उठेको दाबी गरे ।  कार्यक्रममा उनले राजनीति दल खोल्नु नाङ्लो पसल राख्नु जस्तो नभएको पनि बताए । नयाँ दल खोलेर परिवर्तन गर्छु भन्नेको हालत के छ भनेर प्रश्न गर्न सर्वसाधारणलाई आग्रह समेत गरे । 

कांग्रेस काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ का सांसद समेत रहेका सिंहले बुद्धि भएका र काम गर्न सक्ने जनशक्ति विदेशिनबाट रोक्नु पर्ने बताए । उनले त्यसका लागि हरेक निर्वाचन क्षेत्रमा सीपमूलक तालिम केन्द्र खोल्न जोड दिए ।

नेता सिंहले ट्रयाकबाट बाहिर गएको मुलुकलाई ट्रयाकमा ल्याउने काम कांग्रेस गठबन्धनको सरकारले गरिरहेको उल्लेख पनि गरे । आगामी निर्वाचनमा जितेर कांग्रेसले देशमा राजनीतिक स्थायित्व कायम गरी सम्पन्नताको अभियान सुरु गर्ने समेत बताए ।

कार्यक्रममा उनले अहिलेको शिक्षा प्रणाली बेरोजगार उत्पादन गर्ने प्रणाली मात्रै भइरहेको पनि बताए । उनले भने, ‘शिक्षाको नीति र प्रणालीमा परिवर्तन गर्न जरुरी छ । शिक्षासँगै सीप दिने कामको विकास गर्न आवश्यक छ ।’

नेता सिंहले हरेक वडा कार्यालयमा बोर्ड मात्रै नभइ व्यवस्थित स्वास्थ्य संस्थाको रुपमा  विकास गर्नुपर्ने, देशभरका वडा कार्यालयका क्लिनिकहरूमा प्राथमिक उपचार गर्नेगरी कम्तिमा एक डाक्टर व्यवस्था गर्नु पर्ने पनि बताए ।  कार्यक्रम मा बागमती प्रदेश का पर्यटन मन्त्री दिपेन्द्र श्रेष्ठले समेत विकास निर्माणका प्रयासहरुका बारेमा आफ्नो धारणा व्यक्त गरेका थिए ।

नेता सिंहले आफूले पैसा कमाउन, नाम कमाउन नभइ सेवाका लागि राजनीति गरेको बताएका छन् । भारी मतले विजय गराए देश हाँक्ने क्षमता आफूमा रहेको उनको भनाई थियो।

 

प्रकाशित मिति : २५ भाद्र २०७९, शनिबार  २ : ०८ बजे

डडेल्धुरामा जिप दुर्घटना, चार जनाको घटनास्थलमै मृत्यु

अमरगढी– यहाँको नवदुर्गा गाउँपालिका–५ मा आज बिहान से १ ज

जनार्दनलाई स्वार्थ समूहको संज्ञा दिँदै प्रचण्डले भने- उनले नपत्याउँदैमा फरक पर्दैन, पदाधिकारी बैठकमा समीक्षा हुन्छ

विराटनगर- प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले

ट्रम्पको ‘ट्यारिफ’ले खोस्यो भारतीय हिराको चमक

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतबाट आयात हुने सामानमा ५० प्रतिशतसम्म

अनियन्त्रित मनलाई नियन्त्रित गर्न सत्संग गरौँ : उपप्रधानमन्त्री सिंह

काठमाडौं– उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले अनियन्त्रित मनहरूलाई

अमेरिकी चर्चमा बन्दुकधारीले आक्रमण गर्दा दुई बालबालिकाको मृत्य, १७ जना घाइते

वाशिङ्टन- अमेरिकाको मिनियापोलिस राज्यको एक चर्चमा सेवा गरिरहेका विद्यालय जाने