मुख्यमन्त्री शाहीलाई बुद्धिजीवी र सर्वसाधारणको ध्यानाकर्षणपत्र  « Khabarhub

मुख्यमन्त्री शाहीलाई बुद्धिजीवी र सर्वसाधारणको ध्यानाकर्षणपत्र 


२५ भाद्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

जुम्ला- जुम्ला भ्रमणमा रहेका कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीलाई बुद्धिजीवी र सर्वसाधारणले ध्यानाकर्षणपत्र बुझाएका छन् । मुख्यमन्त्री  शाहीलाई सिंजा र पर्वतीय विधेयक अगाडि बढाउन दबाबस्वरूप उनीहरूले ध्यानाकर्षणपत्र दिएका हुन् । 

कर्णाली प्रदेश सरकारको सचिवालयमा दर्ता भएको पर्वतीय विज्ञान तथा प्रविधि विश्वविद्यालय स्थापनासम्बन्धी विधेयक र सिंजा सभ्यता संरक्षण तथा विकास विधेयक पारित गर्न उनीहरुको माग छ । ज्ञापनपत्रमा  भनिएको छ, ‘ति विधेयक कर्णालीको अस्तित्वसँग जोडिएका विधेयक  हुन् । ति विधेयक कर्णालीका दुई मुख्यमन्त्री हुँदा पनि पास गर्न किन कन्जुस्याई गरिरहेका छन् ?’

जुम्ला बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख  प्रकाशचन्द्र खत्रीसहितको टिमले होटल कान्जेरुवामा पुगेर शाहीलाई ध्यानाकर्षण गराएको हो ।
ज्ञापनपत्रमा आगामी ४ मंसिरमा हुने प्ररतिनिधिसभा र प्रदेशसभा निर्वाचन तथा वर्तमान प्रदेश सांसदहरूको कार्यकाल समाप्त हुनु अगावै विधेयकहरू अगाडि बढाइ पास गर्न नेतृत्वदायी भूमिका निर्वाह गरिदिन अनुरोध गरिएको छ ।

मुख्यमन्त्री शाहीले  सिंजा सभ्यता संरक्षण तथा  विकास विधेयक आवश्यक नभएको बताए । उनले कर्णाली  प्रज्ञा प्रतिष्ठान बनाइने भएकाले सबै त्यसैमा समेटिने बताए । उनले भने, ‘जुम्लाले सिंजा सभ्यता भनेर छुट्टै बनाएको खण्डमा सबै जिल्लाले आफ्नो  सभ्यता खोज्दा समस्या थप बढ्ने छ ।’

कर्णाली सभामा दर्ता भएको पर्वतीय विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक सरकारी विधेयक हो । यस्तै, सिंजा सभ्यता संरक्षण तथा विकास विधेयक जुम्लाका सांसद नरेश भण्डारीले दर्ता गराएको विधेयक हो । यी दुवै विधेयक संसदमा स्थगित भएपछि अहिले अन्यौल बढेको छ ।

प्रकाशित मिति : २५ भाद्र २०७९, शनिबार  २ : ४६ बजे

प्रविधिमार्फत निगरानी बढाउँदै ट्राफिक प्रहरी

काठमाडौं – उपत्यका ट्राफिक प्रहरी कार्यालयले प्रविधिको प्रयोगमार्फत निगरानी बढाएको

बङ्गलादेशको निर्यातमा सामान्य कमी

ढाका – सन् २०२५ को जुलाईदेखि सन् २०२६ को जुलाईसम्मको

चारआली ओभरपास : ५० प्रतिशत काम सम्पन्न

झापा – एसियाली राजमार्ग स्तरोन्नति आयोजनाअन्तर्गत झापाको मेचीनगरस्थित चारआलीमा निर्माणाधीन

केप भर्डेका गोलकिपर भोजिन्हामाथि इन्टर मियामीको नजर

काठमाडौं – फिफा विश्वकप २०२६ मा उत्कृष्ट प्रदर्शन गरेर चर्चामा

एनपीएल अक्सनबाट ५२ खेलाडी छनोट हुने, अन्तिम सूचीमा १५५ खेलाडी

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गर्ने नेपाल प्रिमियर