सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी « Khabarhub

सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी


२५ भाद्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सत्ता गठबन्धनका शीर्ष नेताहरू सिट बाँडफाँड टुङ्ग्याउन छलफलमा जुटेका छन् । बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा सत्ता गठबन्धन दलका शीर्ष नेताहरू छलफलमा जुटेका हुन् ।

आगामी निर्वाचनमा जाँदा कुन दलले कति सिट लिने भन्ने विषय टुङ्गोमा पुर्‍याउन नेताहरू छलफलमा जुटेका हुन् । सिट बाँडफाँट टुङ्ग्याउन गठन भएको कार्यदलले अधुरो प्रतिवेदन शीर्ष नेताहरूलाई बुझाएपछि शीर्ष नेताहरू पछिल्ला दिनमा निरन्तर छलफलमा जुटिरहेका छन् ।

आगामी ४ मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभाको चुनावमा तालमेल गर्ने सहमति गरेअनुसार सिटको भागबन्डा मिलाउन सिटौलाको नेतृत्वमा ११ सदस्यीय कार्यदल बनेको थियो । 

कार्यदलले दर्जनौँ पटक छलफल गरे तापनि सिट बाँडफाँडका नटुङ्गिएपछि अधुरो प्रतिवेदन शीर्ष नेताहरूलाई बुझाएको थियो । 

प्रकाशित मिति : २५ भाद्र २०७९, शनिबार  ५ : ५९ बजे

नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल

काठमाडौं – अर्थमन्त्री रामेश्वर खनालले नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक

एमालेमा सक्षम नेतृत्व चयन भएको शंकर पोखरेलका १० बुँदे दाबी

दाङ- नेकपा(एमाले)का महासचिव शंकर पोखरेलले एमालेमा सक्षम नेतृत्व चयन भएको

मधेसका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पाए विश्वासको मत

जनकपुरधाम – मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

खिया लागेको अवस्थामा काँसघारीमा भेटिए लुटिएका हतियार

झापा- झापाको दमक नगरपालिका–१ बुद्ध टोलस्थित रतुवा खोलाको किनारमा रहेको

मधेशमा सभामुख छान्ने यस्तो छ निर्वाचन कार्यतालिका

काठमाडौं- मधेस प्रदेशसभामा रिक्त सभामुख पदका लागि पुस ६ गते