आगामी मङ्सिरपछि कांग्रेसको नेतृत्वमा स्थिर सरकार बन्छ : नेता गौतम « Khabarhub

आगामी मङ्सिरपछि कांग्रेसको नेतृत्वमा स्थिर सरकार बन्छ : नेता गौतम


२५ भदौ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद सञ्जय गौतमले आगामी मङ्सिरपछि कांग्रेस नेतृत्वमा स्थिर सरकार बन्ने बताएका छन् ।

नेपाल प्रेस युनियन जिल्ला शाखाले आज वीरेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले मङ्सिर ४ गतेपछि कांग्रेसको नेतृत्वमा सरकार बन्ने र त्यो सरकार स्थिर हुने बताएका हुन्  । 

देशलाई तीव्ररुपमा अगाडि बढाउन गठबन्धन आवश्यक रहेको बताउँदै उनले भने, ‘हाम्रो संविधानअनुसार नेपालमा कुनै पनि दलको एकल सरकार बन्ने सम्भावना कम छ, देशमा स्थिर सरकारसँगै विकासलाई तीव्रगतिमा अगाडि बढाउनका लागि पनि गठबन्धन गरेर निर्वाचनमा जान आवश्यक छ ।’

संविधानको रक्षा र कार्यान्वयनका लागि पनि गठबन्धन भएको गौतमको भनाइ छ । उनले राजनीतिक दलप्रति नागरिकको वृतृष्णा बढ्न थालेको भन्दै आगामी निर्वाचनपछि बलियो सरकार निर्माणपछि नागरिकका सबै समस्या समाधान गरिने दाबी गरे । 

गौतमले कांग्रेसभित्र केही असमझदारी रहेको भन्दै लोकतान्त्रिक मूल्यमान्यता बोकेको पार्टीमा प्रतिस्पर्धा र असमझदारी हुनु स्वभाविक रहेको बताए । 

सुर्खेतका सन्दर्भमा पनि विगतका तीतामीठा अनुभवलाई आत्मसात् गर्दै एकताबद्ध भएर अगाडि बढ्नुपर्नेमा उनको जोड छ । उनले भने, ‘लोकतान्त्रिक मूल्यमान्यता बोकेका पार्टीमा प्रतिस्पर्धा हुनु स्वभाविक हो, केही त्रुटि पनि हुन सक्छन्, त्यसलाई सच्याउँदै अगाडि बढ्नुको विकल्प छैन ।’ 

उहाँले सुर्खेत-तेलपानी हुँदै भुरीगाउँ पुग्ने सडक निर्माण चाँडै हुने भन्दै सडक निर्माणपछि कर्णालीको विकासमा टेवा पुग्नेसमेत बताए । कांग्रेस सुर्खेतका निवर्तमान सभापति कमलराज रेग्मीले पार्टीभित्रको नेतृत्वले सबैलाई मिलाएर लैजानुपर्नेमा जोड दिए  । 

उनले भने, ‘नेतृत्वले सबै नेता कार्यकर्तालाई मिलाएर लिनुपर्ने हुन्छ, हामी जति एकताबद्ध हुन्छौँ, त्यति नै हामी बलियो हुन्छौँ र हाम्रा एजेण्डा लागू गर्न सक्छौँ ।’ नेता गौतम निर्वाचन केन्द्रित जनताका साथमा कांग्रेस अभियानका लागि सुर्खेत आएका थिए । उक्त अभियानको समीक्षाका लागि पत्रकार सम्मेलनको आयोजना गरिएको थियो । 

प्रकाशित मिति : २५ भदौ २०७९, शनिबार  ६ : ५४ बजे

अमेरिकाले युक्रेनका लागि मिसाइल रोकेको जेलेन्स्कीको आरोप

किएभ– युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले अमेरिकाले युक्रेनका लागि स्वीकृत इन्टरसेप्टर

विज्ञान र नवप्रवर्तनलाई प्राथमिकता, १६५ कानून निर्माणको लक्ष्य

नारायणगढ– विज्ञान, प्रविधि तथा नवप्रवर्तनको विकास र मुलुकको समृद्धिका लागि

मोटरसाइकल दुर्घटनामा १६ वर्षीय किशोरको मृत्यु

सर्लाही– बागमती नगरपालिका–१२ बथनियास्थित भित्री सडकमा मोटरसाइकल दुर्घटना हुँदा १६

विपद्का २४ घटनामा एक जनाको मृत्यु, ११ जना घाइते

काठमाडौँ– बितेका २४ घण्टामा भएका २४ वटा विपद्का घटनामा एक

मङ्गलको चन्द्रमा फोबोसबाट नमूना ल्याउन जापानको अन्तरिक्ष अभियान सुरु

टोकियो– जापानले मङ्गल ग्रहको चन्द्रमा फोबोसबाट नमूना सङ्कलन गरी पृथ्वीमा