राजनीतिमा मिडियाको भूमिका महत्वपूर्ण छ : शिक्षामन्त्री पौडेल | Khabarhub Khabarhub

राजनीतिमा मिडियाको भूमिका महत्वपूर्ण छ : शिक्षामन्त्री पौडेल


२५ भाद्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले मुलुकको राजनीतिक, सामाजिक परिवर्तनमा मिडिया जगतको महत्वपूर्ण भूमिका रहँदै आएको बताएका छन् ।

प्रेस सेन्टर नेपाल गण्डकी प्रदेश समितिको आज पोखरामा आयोजित तेस्रो पूर्ण बैठकमा उनले सरकारका कामकारवाहीदेखि राजनीतिक दलले अघि सारेका मुद्दालाई जनस्तरमा स्थापित गर्न मिडियाले अर्थपूर्ण भूमिका खेल्नुपर्ने उल्लेख गरे।

उनले मिडियाको समयसापेक्ष विकाससँगै पत्रकारको दक्षता अभिवृद्धि गर्नुपर्नेमा जोड दिए। सामाजिक सञ्जाल पनि सशक्त माध्यमका रुपमा आएको भन्दै मन्त्री पौडेलले त्यसको सही सदुपयोग हुनुपर्ने धारणा राखे ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सचिवसमेत रहेका मन्त्री पौडेलले आगामी चुनावबाट माओवादी केन्द्र वामपन्थीतर्फ पहिलो शक्तिका रुपमा आउने बताए। परिवर्तनका एजेन्डा बोकेको दल भएकाले माओवादी जनतामाझ स्थापित भइसकेको उनको भनाइ छ ।

प्रकाशित मिति : २५ भाद्र २०७९, शनिबार  ७ : ५८ बजे

इजरायली आक्रमणमा छ सिरियाली सैनिकको मृत्यु, दमास्कसद्वारा निन्दा

दमास्कस – सिरियाले इजरायली ड्रोन आक्रमणमा छ सैनिकको मृत्यु भएको

जुवातास खेल्ने ९ जना पक्राउ, दुई लाख भन्दा धेरै रकम बरामद

काठमाडौं – प्रहरीले जुवा तास खेल्ने, खेलाउने गरेको अभियोगमा नौ

हराएकी ‘कबड्डी मैया’ ‘रिमै’मा भेटिइन् !

काठमाडौं – ‘जे लेखिएको छ त्यो भएरै छाड्छ’ भन्ने भनाइ

भारतमाथि ५० प्रतिशत अमेरिकी शुल्क लागू : गहना र कपडाको माग ७० प्रतिशत घट्ने डर, हजारौँको रोजगारी संकटमा

नयाँदिल्ली- अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले ३० जुलाईमा भारतमाथि २५ प्रतिशत